Aamsanchar

लैंगिक हिंसा न्युनिकरणका लागि वीरता लेडी जेसीजको प्रयास

Author Image
बिहिवार, वैशाख ९, २०७८

बिर्तामोड । लैगिक हिंसाका घटना रोक्ने उद्धेश्यले वीरता लेडी जेसीजले बिहीबार सरोकारवाला निकायसंग अन्र्तक्रिया गरेको छ । बदलिदो यौन हिंसा तथा बलात्कारका घटना रोक्ने उद्धेश्यले सरोकारवाला निकायको ध्यानाकर्ष गराएको छ ।

शहरी क्षेत्रमा समेत पछिल्लो समय यौनजन्य हिंसाका घटना बढी रहेको भन्दै वीरता लेडी जेसीजले यौनजन्य हिंसा रोक्न सबै सचेत बन्नु पर्नेमा जोड दिएको छ । पछिल्लो समय यौनहिंसाको स्वरुप बदिलिएको भन्दै यस विषयमा पुरुषहरुलाई समेत सचेत बनाउनुपर्नेमा सरोकारवालाहरुले जोड दिएका छन् ।

एबीसी नेपाल झापाकी अध्यक्ष कञ्चना सिटौला, महिला चेम्बर झापाकी अध्यक्ष प्रेमा भट्टराई, बिर्तामोड–४ की वडा सदस्य कविता थापा, नेवा ः मिसा दबु झापाकी अध्यक्ष तिलरुपा श्रेष्ठ लगायत विभिन्न संघ–संस्थाका प्रतिनिधिहरुले आधुनिकतासंगै हिंसाको रुपमा पनि आधुनिकता आएकोमा चिन्ता ब्यक्त गरे ।

वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा बिर्तामोड नगरपालिकाकी उपप्रमुख पवित्रा महतरा प्रसाई रहेकी थिइन् । उनले हिंसा बदलिएको होइन स्वरुप मात्रै बदलिएको बताइन् । शिक्षित महिलाहरु नै यौनजन्य हिंसाको सिकार बन्नु परेको भन्दै अब सबै सजग बन्नु पर्नेमा जोड दिइन् । उपल्लो दर्जाका महिलाहरु हिंसामा परेपनि हिंसाका घटना लुकाउनुपर्ने बाध्यतामा परेकाले अझै धेरैले न्याय पाउन नसकेको उपप्रमुख प्रसाईले बताइन् ।

कार्यक्रममा अविधक्ता कविता बास्तोला९शर्मा०ले अन्तरक्रिया कार्यक्रमको सहजिकरण गरेकी थिइन् । उनले महिला हिंसाका घटनाहरुको विषयमा जानकारी गराएकी थिइन् । अधिवक्ता शर्माले कानुनी प्रवधानका विषयमा समेत सहभागि महिलाहरुलाई जानकारी गराइकी थिइन् ।

वीरता लेडी जेसीजकी कार्यकारीणी उपाध्यक्ष संगीता गिरीले स्वागत गरेको कार्यक्रममा आस्था बाचन सदस्य निसा शाक्य र सञ्चालन महासचिव हिमा पौडेलले गरेकी थिइन् । कार्यक्रममा सविना ढकाल र झुमा भट्टराईले यौन हिंसाका विषयमा बोलेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 276

प्रतिक्रिया (०)

सम्बन्धित खबर