Aamsanchar

उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बुधबारे जेसीजद्वारा बधाई

Author Image
बिहिवार, वैशाख ९, २०७८

बुधबारे । बुधबारे जेसीजले विहिबार एक कार्यक्रमको आयोजना गरी बुद्धशान्ति उद्योग वाणिज्य संघका नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेको छ ।

बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेको सभापतित्व तथा विर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीको प्रमुख आतिथ्यमा बुधबारेमा भएको कार्यक्रममा बुद्धशान्ति उद्योग वाणिज्य संघका १३ जना नव निर्वाचित तथा निर्विरोध निर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेको हो ।

बुधबारे जेसीजले बुद्धशान्ति उद्योग वाणिज्य संघमा बैशाख ६ गते निर्वाचित अध्यक्ष चन्द्रप्रसाद उप्रेती, उद्योग उपाध्यक्ष दीपक सापकोटा (निर्विरोध निर्वाचित), वाणिज्य उपाध्यक्ष नविन विमली, महासचिव लक्ष्मी उप्रेती, उद्योग सचिव दुर्गा कुइकेल ९निर्विरोध निर्वाचित०, वाणिज्य सचिव उमाराज ढकाल, कोषाध्यक्ष हरिप्रसाद पौड्याल, सदस्यहरु हेमन्तराज बराल, ओमप्रकाश बाँस्तोला, नविन चापागाई, सन्तोष तामाङ, महिला सदस्यहरु ज्ञानु थापा र धनकला अधिकारीलाई बधाई तथा  सम्मान गरेको हो ।

कार्यक्रम संयोजक दूर्योधन (देव)  सिंहले स्वागत मन्तव्य राखेको कार्यक्रममा प्रमुख अतिथि शिवाकोटीले विजयी सबैलाई सफल कार्यकालको शुभकामना दिए । उनले उद्योगी व्यवसायीको पक्षमा महत्वपूर्ण काम गर्नुपर्ने जिम्मेवारी नव निर्वाचित पदाधिकारीको काँधमा आएको हुँदा मतदाताको भरोसा अनुरुप काम गर्न अनुरोध गरेका छन् । उनले बुद्धशान्ति उद्योग वाणिज्य संघका हरेक दुखसुखमा विर्तामोड उद्योग वाणिज्य संघले साथ सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरे ।

अध्यक्षीय मन्तव्य राख्दै बुधबारे जेसीजका अध्यक्ष वाग्लेले उद्योगी व्यवसायीका आशाका केन्द्र विजयी पदाधिकारीले आप्mनो कार्यकालमा महत्वपूर्ण कार्य गर्ने विश्वास व्यक्त गरेका छन् । उनले स्थानीय क्षेत्रको सबै भन्दा महत्वपूर्ण संस्थाका विजयी पदाधिकारीलाई सम्मान गर्न पाउनु बुधबारे जेसीजका लागि महत्वपूर्ण कार्य भएको बताए ।

जेसीज जस्तो अन्र्तराष्ट्रिय र लोकप्रीय संस्थाले बुद्धशान्ति उद्योग वाणिज्य संघका पदाधिकारीलाई विजयी भएकोमा सम्मान व्यक्त गरेकोमा आपूmलाई धेरै खुसी लागेको कार्यक्रमका विशिष्ठ अतिथि विर्तामोड उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष राजु न्यौपानेले बताए ।

त्यस्तै सम्मानित व्यक्तित्व तथा नव निर्वाचित अध्यक्ष चन्द्रप्रसाद उप्रेतीले बुधबारे जेसीजले विजयी पदाधिकारीलाई सम्मान गरेकोमा धन्यवाद व्यक्त गरे । उनले आप्mनो प्रतिवद्धता मन्तव्यका क्रममा उद्योगी व्यवसायीको हकहितका पक्षमा सिँगो टिम लागिपर्ने प्रतिवद्धता व्यक्तगर्दै जेसीज सहित अन्य संघसंस्थाहरुसँग बुद्धशान्ति उद्योग वाणिज्य संघ सहकार्य गरेर अघि बढ्ने बताए ।
महासचिव सुजित बरालले सञ्चालन तथा कार्यकारिणी उपाध्यक्ष कृष्ण ढकालले जेसीज आस्था बाचन गरेको कार्यक्रममा बुधबारे जेसीजका पूर्व अध्यक्ष रमेश बराल, प्रकाश भण्डारी, निर्वतमान अध्यक्ष नन्दकुमार याफू राई, कार्यकारिणी उपाध्यक्ष अर्जुन ढकाल, कानुनी सल्लाहकार गजुहाङ योङहाङ, कोषाध्यक्ष मुकेश भट्टराई सहित बोर्डका पदाधिकारीको आतिथ्यता थियो ।

बुधबारे जेसीजले यस वर्ष प्रोजेक्ट बेसमा विभिन्न कार्यक्रम गरिरहेको छ । व्यवसायिक क्षेत्रमा पनि बुधबारे जेसीजले ‘व्यवसाय प्रवद्र्धन कार्यक्रम’ जारी राखेको छ । यस प्रोजेक्ट अन्तर्गत विभिन्न कार्यक्रम भएका छन् भने यसबाट बुधबारे जेसीजमा लागेका जेसीहरुलाई प्रत्यक्ष फाइदा पुगेको छ ।

जेसीज मार्फत व्यवसाय प्रवद्र्धन गरेका जेसीजमा लागेका युवाहरुले यस कार्यबाट आर्थिक लाभ लिइरहेका छन् भने धेरै युवाको व्यवसायलाई जेसीजले व्यापक प्रचार गर्न सकेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 55

प्रतिक्रिया (०)

सम्बन्धित खबर