Aamsanchar

उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन ओलीले गरेको प्रस्ताव वामदेवद्वारा अस्वीकार

Author Image
शुक्रवार, वैशाख १०, २०७८

काठमाडौं –प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको प्रस्ताव नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले अस्वीकार गरेका छन्। बिहीबार बेलुका भएको डिनर मिटिङमा प्रधानमन्त्री ओलीले गौतमलाई उपाध्यक्षको हैसियतले पार्टीको काममा फर्किन गरेको प्रस्ताव अस्वीकार गरेको गौतमका प्रेस सल्लाहकार विश्वमणि सुवेदीले सामाजिक सञ्जाल फेसबुकमार्फत जनाकारी दिएका छन्।

उनले लेखेका छन्, ‘हिजो ९ गते क। केपीसँग बेलुकी ८ बजे प्रधानमन्त्री निवास बालुवाटारमा डिनर मिटिङ भयो। उहाँले पार्टी काममा आफूसँग फर्कन अनुरोध गर्नुभयो। मैले गत फागुन २८ गते तपाईले गर्नुभएको अवैधानिक बैठकका निर्णय फिर्ता लिन अनुरोध गरेँ। उहाँले ती निर्णय फिर्ता हुँदैनन् भन्नुभयो। त्यसो भए म तपाईंसँग आउन पनि सक्दिन भनेर जवाफ दिएँ। डिनर चल्दै थियो नमस्कार गरेर म बिदा भएँ।’

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 148

प्रतिक्रिया (०)

सम्बन्धित खबर