Aamsanchar

होसियार रहनुहोस् अनुहारमा कागतीको रसले यस्ता समस्या आउनसक्छ

Author Image
आइतवार, वैशाख १२, २०७८


केही मानिसहरु अनुहारको ह्वाइटहेड्स र सनस्पट्सदेखि चाउरी हटाउन र गोरो बन्नका लागि अनुहारमा सिधै कागतीको रस लगाउँछन् । तर छालाको लागि यो हानिकारक हुनसक्छ । कागतीको रस सिधै छालामा लगाउँदा पोल्न सक्छ । विशेषगरी जसको छाला निकै संवेदनशील छ, उनीहरुलाई अमिलो फल लगाउन सल्लाह दिइँदैन ।

अनुहारमा कागतीको रस लगाउँदा छाला रातो हुने, सुख्खा हुने र छाला निस्कने लगायतका समस्या पनि आउन सक्छन् । अमिलो रस सूर्यको प्रकाशको सम्पर्कमा आउँदा मार्यरिटा बर्न (जलन) बाट पीडित हुने सम्भावना छ जसलाई फाइटोफोटोडर्माटाइटिस पनि भनिन्छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 735

प्रतिक्रिया (०)

सम्बन्धित खबर