Aamsanchar

आजदेखि झापाका शैक्षिक संस्थाहरू बैशाख समान्तसम्म बन्द

Author Image
मङ्गलवार, वैशाख १४, २०७८

झापा- झापाका शैक्षिक संस्थाहरू बैशाख समान्तसम्म बन्द हुने भएको छ। जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसिसिएमसी)झापाले जिल्लाका सबै शैक्षिक संस्था वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको हो। साथै‚ बैठकले जिल्लाका १५ वटै स्थानीय तहले कम्तीमा १०० शय्या क्षमताको क्वारेनटाइन र ५० शय्या क्षमता भएको अक्सिजनसहितको आइसोलेसन वार्ड निर्माण गर्ने निर्णय समेत गरेको झापाका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले जानकारी दिए।

दोस्रो लहरको कोरोना भाइरसको संक्रमण समुदाय स्तरमा फैलिसकेको भन्दै त्यसको रोकथाम तथा नियन्त्रणका लागि जिल्ला प्रशासन कार्यालय झापामा सोमबार बसेको डिसिसिएमसीको बैठकले यस्तो निर्णय गरेको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले बताए।

बालबालिकाको स्वास्थ्यलाई ख्याल गर्दै यसअघि सरकारले जिल्लाका सहरी क्षेत्र ९बिर्तामोड, मेचीनगर र दमक०का सबै शैक्षिक संस्था बन्द गराएको थियो। अन्य स्थानीय तहहरूमा भने शैक्षिक संस्था खुला नै थियो। खुला रहेका शैक्षिक संस्था आजदेखि बन्द गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी तिमिल्सिनाले जानकारी दिए।

डिसिसिएमसीको बैठकले जिल्लाका सबै विद्यालय, कलेज, ट्युसन सेन्टर, तालिम केन्द्रमा २०७८ वैशाख मसान्तसम्म भौतिम रूपमा उपस्थित नभई भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइ विधि अपनाई शैक्षिक गतिविधि सञ्चालन गर्ने र सोको अनुगमन सम्बन्धित स्थानीय तहका शिक्षा, खेलकुद तथा युवा शाखा र शिक्षा विकास तथा समन्वय इकाईले गर्ने, कोभिड–१९ को संक्रमण फैलन नदिन र त्यसको न्यूनीकरणका लागि तोकिएको मापदण्डहरू पालना गरे नगरेको अनुगमन गर्न र भविष्यमा चाल्नु पर्ने सम्भावित कदमहरूबारे सुझावसहितको प्रतिवेदन पेस गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर शाहीको संयोजकत्वमा सात सदस्य अनुगमन समिति गठन गरेको छ। त्यस्तै‚ संक्रमण फैलन नदिन र त्यसको नियन्त्रणको लागि तोकिएको मापदण्डहरू पालना गरे नगरेको सम्बन्धमा अनुगमन गर्न स्थानीय तह स्तरमा प्रमुख प्रशासकीय अधिकृतको संयोजकत्वमा चार सदस्य अनुगमन समिति गरेको छ।

सार्वजनिक यातायात तोकिएको स्वास्थ्य सुरक्षा मापदण्ड पालना गरे नगरेको अनुगमन गर्न जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाको संयोजकत्वमा तीन सदस्य समिति गठन गरेको छ। त्यसैगरी काँकडभिट्टा नाकाबाट प्रवेश गर्ने यात्रुहरूका लागि मेचीनगरमा एक हजार क्षमता भएको होल्डिङ सेन्टरको स्तरोन्नति र भद्रपुरस्थित कलवलगुरी प्रदेश प्रशिक्षण केन्द्रमा ५०० क्षमताको होल्डिङ सेन्टर निर्माण गर्न आवश्यक स्रोत साधनको व्यवस्थापनका लागि प्रदेश सरकारसँग अनुरोध गर्ने, त्यसमा खटिने सुरक्षाकर्मीहरूको स्वास्थ्य सुरक्षाको सामग्रीहरू सम्बन्धित स्थानीय तहले व्यवस्थापन गर्ने, स्थानीय तहको अगुवाइ तथा सुरक्षा निकायको सहयोगमा कोभिड १९ सम्बन्धी चेतनामुलक कार्यक्रम ९प्रचारप्रसार, पम्पेल्ट, माइकिङ) सञ्चालन गर्ने र यस कार्यका लागि सञ्चारमाध्यम लगायत अन्य संघसंस्थाहरुले समेत आवश्यक सहयोग गर्ने निर्णय भएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर