Aamsanchar

प्रशासन कार्यालय झापाले सेवा प्रवाहका लागि तोक्यो दिन

Author Image
मङ्गलवार, वैशाख १४, २०७८

विर्तामोड –जिल्ला प्रशासन कार्यालय झापाले सेवा प्रवाहका लागि बार(दिन)तोकेको छ । कोभिड –१९ को जोखिम बढ्दै गएपछी भीडभाड कम गर्न सेवा प्रवाहका लागि दिन तोकिएको प्रशासकीय अधिकृत सुरेन्द्र अधिकारीले जानकारी दिए । प्रशासकीय अधिकृत अधिकारीका अनुसार आइतबार मेचीनगर, बुद्धशान्ती, सोमबार भद्रपुर, कचनकवल, मंगलवार विर्तामोड, बुधबार कनकाई, झापा गाउँपालिका, बिहीबार बाह्रदशी , हल्दिबारी र शुक्रबार अर्जुनधाराका नागरिकले सेवा पाउने छन् । उनले दमक र गौरीगञ्जका नागरिकले हरेक दिन सेवा पाउने बताए ।

नागरिकता र प्रतिलिपि तोकिएको बारमा मात्र उपलब्ध गराइने जिल्ला प्रशासनले जनाएको छ । आलोपालो सेवा प्रवाह बैशाख १६ गतेदेखि लागु हुने बताइएको छ ।

No photo description available.

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 258

प्रतिक्रिया (०)

सम्बन्धित खबर