Aamsanchar

काँकरभिट्टा नाका सुरक्षित भए सवै सुरक्षित हुने : प्रजिअ तिम्सिना

Author Image
बुधवार, वैशाख १५, २०७८

काँकरभिट्टा।  भारतसँग सीमा जोडिएको १ सय ४४ दशमलव २ किलोमिटर खुल्ला सीमाना मध्ये झापाको काँकरभिट्टा नाकालाई व्यवस्थित गर्नुपर्नेमा बुधबार झापाको काँकरभिट्टामा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । प्रदेश नम्बर १ अन्तर्गत झापाको काँकरभिट्टा नाका भारतको पश्चिम बंगाल राज्यको रानीगञ्ज ग्राम पञ्चायत अन्तर्गतको पानीट्याँकी नाकासँग जोडिएको छ ।

भारतका विभिन्न शहरमा दोस्रो लहरको कोभिड १९ संक्रमण बढ्दै गएपछि नेपाल भारतको पुर्वी सीमानाका काँकरभिट्टा भएर नेपाल प्रवेश गर्ने भारतीयहरुका कारण कोभिड १९ संक्रमण बढ्न सक्ने भएकाले जिल्लाका अन्य नाका भन्दा काँकरभिट्टालाई व्यवस्थित र मानिसको आवतजावतमा कडाई गर्नुपर्ने सहभागीहरुको भनाई थियो । कार्यक्रममा बोल्दैं जिल्ला प्रशासन कार्यालय झापाका प्रमुख , प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जिल्लामा हालसम्म १ सय ९४ जना कोभिड १९ को सक्रिय संक्रमित संख्या रहेकाले यसलाई क्रमस कम गदैं लैजान पनि नाकालाई व्यवस्थित बनाउनुका साथै आवतजावतमा कडाई गर्नुपर्ने बताउनुभयो ।

उहाँले जिल्लामा तत्काललै निषेधाज्ञा नहुने भए पनि सरकारले तराईमा ५ सय र पहाडमा २ सय कोभिड १९ सक्रमितको संख्या पुगे सम्बन्धित जिल्लाको प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा जारी गर्न सक्ने बताए पनि हाल झापामा त्यस्तो अवस्था नरहेको प्रष्ट पार्नुभयो । तर, जिल्लामा संक्रमितको संख्या दैनिक बढिरहेको भन्दैं उहाँले चिन्ता समेत व्यक्त गर्नुभयो । मुख्यः गरी काँकरभिट्टा नाकालाई सुरक्षित राख्न सके सवै सुरक्षित हुने भन्दैं यो नाका सुरक्षित राख्नुपर्ने जिम्मा सवैको रहेको बताउनुभयो । होल्डिङ्ग सेन्टर सञ्चालनका बारेमा बोल्दैं प्रजिअ तिम्सिनाले यसको व्यवस्थापनमा सवै लाग्नुपर्ने बताउनुभयो ।

मेची भन्सार कार्यालय काँकरभिट्टाको सभाहलमा आयोजित छलफलमा मेचीनगर नगरपालिका प्रमुख विमल आचार्यले जिल्लाका अन्यनाकाको तुलनामा काँकरभिट्टा नाका निक्कै संवेदनशिल नाका भएकाले यसको व्यवस्थापनमा यहाँका यातायात, ट्राभल, होटल व्यवसायीसहित सरकारी र गैरसरकारी कार्यालयका प्रमुख प्रतिनिधिलगायत नगरका उद्योगी व्यवसायी सवै एकसाथ लाग्नुपर्नेमा जोड दिनुभयो । भारतका विभिन्न शहरबाट मालवहाक सवारी साधन लिएर आउने चालक, सहचालकको व्यवस्थापनमा ट्रान्स नेपाल फ्रेट सर्भिसेज प्रालि लाग्नुपर्ने बताउदैं प्रमुख आचार्यले मालवहाक सवारी साधन लिएर भन्सार परिसरमा पार्किङ्ग गरीसके पछि उनीहरुलाई खुलाम खुलारुपमा बजार आवतजावत गर्न रोक लगायत समेत प्रालि लाग्नुपर्ने बताउनुभयो । उनीहरुका लागि चाहिने आवश्यक सामाग्रीको व्यवस्थापन प्रालि ले नै गर्नुपर्ने उहाँको भनाई छ ।

कोभिड १९ को पीडा कसैले पनि व्यहोर्नुनपरोस भन्दैं उहाँले यसबाट बेलैमा सवै सचेत र सुरक्षित हुनुपर्ने धारणा राख्नुभयो । प्रमुख आचार्यले भारतीय नमबर प्लेटका सवारी साधनको नियन्त्रण, कोभिड १९ को सचेतनामुलक प्रचार प्रसार, होटललाई मापदण्ड पुर्याएर आइसोलेसन तथा होटर क्वारेन्टाइनकारुपमा विकास गर्नुपर्ने दुतावासबाट अनुमती पाएका सवारी साधनको सञ्चालन, शुभ कार्यदेखि र शोकको घडीलाई समेत कसरी व्यवस्थित गर्न सकिन्छ सोच्नुपर्ने बताउनुभयो ।

उपप्रमुख मीना पोखरेल उप्रेतीले भारतसँग सीमा जोडिएको मेचीनगरक्षेत्रको खुला सीमालाई नियन्त्रण गर्न स्थानीय सरकार लागि परेको बताउनुभयो । स्थानीय सरकारले यस नाकाबाट कोभिड १९ संक्रमण फैलन नदिन यसको नियन्त्रणमा शुरुदेखि नै लागेको बताउनुभयो । नगरले नगरक्षेत्रमा सचेतनामुलक कार्य सञ्चालन गर्ने तथा नगरवासीलाई अनावश्यकरुपमा हुने भीडभाडमा नजान आग्रह गरेको बताउदैं मास्क, सेनिटाइजर, ग्लोब्ससहित स्वास्थ्य सामग्री अनिवार्य प्रयोग गर्न लगाएको जानकारी गराउनुभयो । सशस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेट क्वाटर चन्द्रगढीका गणपति सशस्त्र प्रहरी उपरीक्षक रमेशकुमार पाण्डेले काँकरभिट्टा नाका भएर भारतबाट आउने नेपालीहरुलाई पीसीआर टेष्टको रिपोर्ट हेरेर तथा नेपालबाट भारत जानेहरुलाई परिचय पत्रका आधारमा आवतजावत गर्न दिईएको भएपनि रिपोटको विश्वशनियताका बारेमा प्रश्न उठाउनुभयो ।

छलफलमा नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ सदस्य सुभद भट्टराई, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक सानुराम भट्टराई, इलाका प्रहरी कार्यालय काँकरभिट्टाका प्रहरी नायव उपरीक्षक सुनिलसिहं दाहाल, सशस्त्र प्रहरी बल नेपाल काँकरभिट्टा बोडर आउट पोस्ट वीओपीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक प्रेम राई, नेपाली सेना, राष्ट्रिय अनुसन्धानका प्रमुख प्रतिनिधि, होटल, यातायात, ट्राभल व्यवसायीसंघका प्रमुख प्रतिनिधिहरुले आ—आफ्नो विचार राख्नुभएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 371

प्रतिक्रिया (०)

सम्बन्धित खबर