Aamsanchar

आज झापाका १० वटा पालिकाका ५० जनामा कोरोना पुष्टि

Author Image
बिहिवार, वैशाख १६, २०७८

झापा । झापामा पछिल्लो २४ घण्टामा ५० जना नयाँ कोरोना संक्रमित थपिएका छन् ।
संक्रमित हुनेमा २३ जना महिला र २७ जना पुरुष रहेका छन् । झापाको १० वटा पालिकामा कोरोना संक्रमित व्यक्तीहरु भेटिएका छन् ।

संक्रमित व्यक्ती भेटिए छन् । दमक नगरपालिकामा २ जना महिला ४ पुरुष, बिर्तामोड नगरपालिकामा ६ महिला १२ जना पुरुष, मेचीनगर नगरपालिकामा ५ महिला ५ पुरुष, भद्रपुर नगरपालिकामा ४ महिला १ पुरुष, कनकाई नगरपालिकामा १ महिला १ पुरुष, हल्दिबारी गाउँपालिकामा १ महिला, अर्जुनधार नगरपालिकामा २ पुरुष, गौरीगंज गाउँपालिकामा ३ महिला १ पुरुष, शिवसताक्षी नगरपालिकामा १ महिला, बाह्रदशी गाउँपालिकामा १ पुरुष रहेका छन् । झापाका अरु पालिकाहरु गौरदह नगरपालिका, बुद्धशान्ति गाउँपालिका, कचनकवल गाउँपालिका, कमल गाउँपालिका र झापा गाउँपालिकामा भने संक्रमित फेला नपरेको जिल्ला स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

आज झापाका एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा अर्जुनधारा वडा नम्बर ६ बस्ने बर्ष ३५ का पुरुष रहेका छन् । उनको कोशी अस्पतालमा उपचारकै क्रममा मृत्यु भएको थियो ।

आजसम्म झापामा ३८ हजार ९ जनाको पिसिआर सव संकलन गरिएकोमा
४ हजार ९ सय ४५ जनामा संक्रमण पुष्टि भएको छ । जसमध्ये ४ हजार ५ सय २७ जना डिस्चार्ज भईसकेका छन भने आईसोलेसनमा २ सय ८५ जना रहेका छन् । हाल सम्ममा कोरोना भाईरसको कारणबाट झापामा १ सय ३३ जनाको मृत्यु भईसकेको छ । हाल झापामा कोरोना संघ लडिरहेकाहरु ४५ जना रहेको स्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 228

प्रतिक्रिया (०)

सम्बन्धित खबर