Aamsanchar

झापामा निषेधाज्ञा जारी, विवाह गर्न अनुमती लिनुपर्ने

Author Image
शुक्रवार, वैशाख १७, २०७८

झापा । कोरोना संक्रमण तिब्र रुपमा बढेसंगै बैशाख १९ गते मध्य रातिदेखि झापा जिल्ला भरि निषेधाज्ञा जारी गरिएको छ । झापाका प्रमुख जिल्ला अधिकारीले आज अपरान्ह आदेश जारी गर्दै बैशाख २६ गते मध्यरातीसम्म जिल्लाभर दिउँसोको समयमा निषेधाज्ञा जारी गर्नु भएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले जारी गरेको आदेश अनुसार अत्यावश्यक कामबाहेक घर बाहिर निस्कन पाइने छैन ।

सार्वजनिक वा निजि सवारी साधन जोर बिजोर प्रणाली अनुसार सञ्चालन हुने छ । उक्त अवधीमा जोर गतेको दिन जोर नम्बर र बिजोर गतेको दिन बिजोर नम्बर भएका सवारी साधनहरु मात्रै सञ्चालन गर्न पाइने विज्ञप्तीमा उल्लेख छ ।

त्यस्तै निषेधाज्ञाको अवधीमा कुनै पनि सभा, जुलुस, गोष्ठी तथा छलफल गर्न समेत रोक लगाईको छ भने हाटबजार, बिवाह, मेला, जात्रा जस्ता कुनै कार्य गर्न समेत पूर्ण रुपमा रोक लागाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 125

प्रतिक्रिया (०)

सम्बन्धित खबर