Aamsanchar

आजको मौसमी अबस्था

Author Image
शनिवार, वैशाख १८, २०७८

मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो र राति चट्याङ्ग र हावाहुरी सहित क्षणिक वर्षाको सम्भावना रहेको जनाएको छ ।

महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव रहेको छ ।

भने, देशभर आंशिक देखि सामान्य बदली रही बागमती तथा गण्डकी प्रदेशका थोरै र बाकी प्रदेशका एक, दुई स्थानहरुमा मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित बर्षा भइरहेको छ।

यसैगरी, आज दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनेछ।

देशका पहाडी भूभागका केहि र तराईका भूभागका थोरै स्थानहरूमा दिउँसो मेघगर्जन, चट्याङ्ग र हावाहुरीसहित क्षणिक वर्षाको सम्भावना छ।

यस्तै, आज राति प्रदेश नं १ लगायत देशका पहाडी भूभागमा सामान्य बदली रहि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहनेछ।

प्रदेश नं १ लगायत अन्य प्रदेशका पहाडी भूभागका एक दुई स्थानमा मेघगर्जन र चट्याङसहित क्षणिक वर्षाको सम्भावना छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 156

प्रतिक्रिया (०)

सम्बन्धित खबर