Aamsanchar

बैंकिङ कसूर मुद्धाका फरार प्रतिबादी बिर्तामोडका गौतम पक्राउ

Author Image
आइतवार, वैशाख १९, २०७८

झापा । बैंकिङ कसूर मुद्धाका फरार प्रतिबादी बिर्तामोड नगरपालिका वडा नम्बर ७ का विष्णु गौतमलाई प्रहरीले पक्राउ गरेको छ ।

उच्च अदालत बिराटनगर, इलाम इजलास इलामबाट २०७७ साल पुष १३ गते बैङ्किङ कसूर मुद्धा शिर्षकमा कैद तथा जरिवाना फैशला भए पछि फरार रहेका गौतमलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आज बिर्तामोड स्थित बुट्टाबारीबाट पक्राउ गरेको हो ।

पक्राउ परेका गौतमलाई झापा जिल्ला अदालतमा उपस्थित गराई सजाय भुक्तानको लागि कारगार पठाउने तयारी गरिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।  प्रतिबादी गौतमलाई पिसिआर चेक गरेर रिपोर्ट नेगेटिभ आए पछि कारगार चलान गर्ने प्रवक्ता थापाले बताए ।

बैंकिङ कसूर मुद्धामा सजाय जरिवाना अन्तरगत गौतमलाई १ महिना कैद, ४० लाख जरिवाना र पिडित राहत कोषमा १ लाख ६० हजार जम्मा गर्नुपर्ने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 253

प्रतिक्रिया (०)