Aamsanchar

बुधबारे जेसीजले राख्यो विभिन्न स्थानमा सचेतना व्यानर

Author Image
आइतवार, वैशाख १९, २०७८

बुधबारे । बुधबारे जेसीजले मास्क लगाउने सबैलाई धन्यवाद दिँदै कोरोना भाइरसको संक्रमणसँग सर्तक रहन सचेतना सामग्री सहितको व्यानर राखेको छ ।

बुधबारे जेसीजले आइतबार बुद्धशान्ति गाउँपालिका क्षेत्रका मुख्यमुख्य ठाउँहरुमा वान टच प्रिन्ट सोलुसन बुधबारेसँगको सहकार्यमा सचेतना सामग्री समेटिएको व्यानर राखेको हो । व्यानरमा स्वास्थ्य मापदण्ड पूरा गर्न सबैलाई अपील गरिएको छ । आफूले लगाएको मास्कले आफूलाई मात्र होइन अरुलाई पनि सुरक्षित बनाउँछ भन्ने कुरा दर्शाइएको छ ।

पछिल्लो समय कोरोना भाइरसको दोस्रो चरणको संक्रमण व्यापक रुपमा बढीरहेको सन्दर्भमा समुदाय प्रति चासोलाई मध्यनजर गर्दै सचेतना फैलाउन ठाउँठाउँमा सचेतना सामग्री राखिएको बुधबारे जेसीजका अध्यक्ष अनिल वाग्लेले बताएका छन् । त्यस्तै वानटच प्रिन्ट सोलुसन बुधबारेका सञ्चालक विवेक खुलालले पनि सबैलाई स्वास्थ्य सर्तकता अपनाउन अनुरोध गरेका छन् ।

बुधबारे जेसीजले कोरोना भाइरसको पहिलो चरणको संक्रमण व्यापकहुँदा सर्वसाधारणलाई जोगाउन विभिन्न ठाउँमा हातधुने व्यवस्था, लकडाउनका बेला अतिविभन्न ५० बढी परिवारलाई खाद्यान्न वितरण, बुद्धशान्ति गाउँपालिकाको राहत व्यवस्थापन कोषमा आर्थिक सहयोग, बुद्धशान्ति क्वारेन्टाइनमा बसेकालाई खाद्यान्य वितरणका लागि आर्थिक सहयोग, स्वास्थ्यकर्मीलाई पीपीई प्रदान, सञ्चारकर्मीलाई समाचार संकलनका क्रममा समस्या देखानपरोस् भनेर मास्क, सेनिटाइर, ग्लोब्स प्रदान गरेको बुधबारे जेसीजका निर्वतमान अध्यक्ष नन्दकुमार याफूराईले जानकारी दिएका छन् ।

यसैबिच बुधबारे जेसीजले सबैलाई पूर्ण रुपमा स्वास्थ्य मापदण्ड पूरा गर्न, भिडभाडमा नजान, पटकपटक साबुन पानीले हातधुन, मास्क सेनिटाइजरको प्रयोगलाई नियमित गर्न, झोलिलो खानेकुरा खान, अति आवश्यक बाहेक घरबाट बाहिर ननिस्कन अनुरोध गरेको छ । साथै राज्यका विभिन्न तहबाट भएका निर्देशन र सर्तकता अपनाउन पनि अनुरोध गरेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 397

प्रतिक्रिया (०)

सम्बन्धित खबर