Aamsanchar

दमकमा सय रङ्ग कार्यक्रम शुभारम्भ

Author Image
सोमवार, वैशाख २०, २०७८

झापा । दमक रोट्याक्ट क्लब अफ दमक र नगर बाल सन्जाल दमकको सयुक्त आयोजना तथा इन्टर्याक्ट क्लब अफ जेम्सको सह आयोजनामा तथा दमक नगरपालिकाको लगानीमा रहेको सय रङ्ग दमक शीर्षकको कार्यक्रम सुरुवात गरिएको छ ।

हरित नगर समृद्ध शहर सहितको मुल नारा लाई आत्मसाथ गर्दै दमक नगर भित्रका सबै सामुदायिक बिद्यालयमा फुलबारी निर्माण गर्ने र बिद्यालय सुचारु भए पछी बिद्यालयलाई नै हस्तान्तरण गर्ने रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष दधिराम ढकालले बताउनु भएको छ ।

फुल तथा फल प्रजातिका विरुवाहरु आवस्यकता अनुसार रोपेर बिद्यालयको समग्र वातावरणलाई सुन्दर बनाउदै लैजाने र प्रयोगात्मक रुपमा विद्यालयका विद्यार्थीहरुलाई परियोजना कार्यक्रम गर्न लगाइ प्रतिस्पर्धात्मक रुपमा कार्यक्रम सन्चालन गरिरहने अध्यक्ष ढकालले जानकारी दिनु भएको छ ।

कार्यक्रममा दमक नगरपालिकाको लगानी रहेको छ भने रोट्याक्ट क्लब क्लब अफ दमक ,नगर बाल सन्जाल र इन्ट्रर्याक्ट क्लब अफ जेम्सको संयुक्त आयोजना गरेको छ । शुभारम्भ कार्यक्रममा दमक नगर उपप्रमुख गीता अधिकारीले कार्यक्रमलाई प्रभावकारी बनाउदै लैजाने र दमकको समग्र पर्यावरण सफा सुन्दर बनाउन कार्यक्रम निकै लाभदायक रहने कुरा बताउनु भएको छ ।दमकका सबै सामुदायिक बिद्यालय निर्माण गरिने फुलबारीको संरक्षणको जिम्मा लिएर त्यसको रेखदेख गरि त्यसलाई ब्यबस्थित बनाउदै लगेर कार्यक्रम लाई सहयोग गर्न उपमेयर अधिकारीले सबैलाई अनुरोध गर्नु भएको छ ।

कार्यक्रममा दमक नगरपालिका वडा नम्बर ८का वडा सदस्य भिमराज चम्लगाइ ,महिला सदस्य तथा दमक नगर कार्यपालिक सदस्य मीना प्याकुरेल जनचेतना आधारभुत बिद्यालयका प्रअ केदार सुवेदी रोटरी क्लब अफ दमक अध्यक्ष शान्ता ढकाल ,रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष सन्दिप चापागाईं नगर बाल सन्जालका अध्यक्ष मनी कुमार बुढाथोकी र इन्टर्याक्ट क्लब अफ जेम्सका अध्यक्ष आभास नेपालको उपस्थितिमा कार्यक्रम सन्चालन भएको थियो।

कार्यक्रममा नगर उपप्रमुख गीता अधिकारी,बिद्यालयका प्रअ केदार सुवेदी तथा रोटरी क्लब अफ दमकका निवर्तमान अध्यक्ष सन्दिप चापागाईंले आफ्नो मन्तव्य राख्नु भएको थियो भने कार्यक्रमको अध्यक्षता रोट्याक्ट क्लब अफ दमकका अध्यक्ष दधिराम ढकालले गर्नु भएको थियो।

कार्यक्रमको पहिलो चरणमा दमक ४ मा रहेका ताराबारी, जनचेतना र बिद्योदय आधारभुत बिद्यालय र दमक ५ को दिपिनी आधारभुत बिद्यालयमा फुलबारी निर्माण गरिसकिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 333

प्रतिक्रिया (०)

सम्बन्धित खबर