Aamsanchar

वीरता लेडी जेसीज कोरोना रोकथाम अभियनमा

Author Image
सोमवार, वैशाख २०, २०७८

बिर्तामोड ।  कोरोनाको दोस्रो लहर तिब्र रुपमा बढेसँगै झापामा विभिन्न सचेतनाका कार्यक्रमहरु आयोजना भइरहेका छन् । यसै क्रममा वीरता लेडी जेसीजले बिर्तामोड नगरपालिका वडा नं. ४ का टोल विकासका पदाधिकारीहरुलाई कोरोना सेचना सम्बन्धी अन्तरक्रिया सम्पन्न गरेकोछ ।

बिर्तामोड नगरपालिका वडा नं. ४ को आर्थिक सहयोग र वीएण्सी हस्पिटलको प्राविधिक सहयोगमा ‘कोरोना रोकथाम तथा नियन्त्रणका लागि टोल विकास संस्थाको भूमिका’ विषयक अन्तरक्रिया आयोजना गरिएको थियो । शनिवार सम्पन्न कार्यक्रममा वीएण्सी हस्पिटलका फिजिसियन डा।लक्ष्मण ठाकुर र डा। करण पोखरेलले कोरोनाको लक्षण, बच्ने उपाय, मास्क र सेनिटाइजरको प्रयोग, सावुनपानीले हात धुने तरिका लगायत औषधिहरुको प्रयोगका विषयमा जानकारी गराएका थिए ।

वीरता लेडी जेसीजकी पूर्व अध्यक्ष राधा सुब्बाको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा वडा नं. ४ का ३२ वटा टोल विकासका पदाधिकारीहरुलाई दुई चरणमा स्वास्थ्य मापदण्ड अपनाउँदै अन्तरक्रियात्मक छलफल गरिएको थियो । सहभागीहरुले कोरोना सम्बन्धी आफूलाई लागेका जिज्ञासाहरु चिकित्सकसामू राखेका थिए भने सम्बन्धित विज्ञहरुले सो सोम्बन्धी जानकारी गराएका थिए । कार्यक्रममा संयोजक संगीता चिमरियाले स्वागत र युनिता दवाडीले आस्थावाचन गरेकी थिइन् ।

संस्थाकी अध्यक्ष स्वस्तिका आचार्यको अध्यक्षतामा सम्पन्न कार्यक्रममा जेसीआइ मिसन भिजन उपाध्यक्ष अर्चना राउतले वाचन गरेकी थिइन ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 242

प्रतिक्रिया (०)

सम्बन्धित खबर