Aamsanchar

झापामा होम क्वारेन्टाइनमा रहेकी कोरोना संक्रमित महिलाको मृत्यु

Author Image
बुधवार, वैशाख २२, २०७८

झापा- झापामा होम क्वारेन्टाइनमा रहेकी एक संक्रमित महिलाको बुधबार बिहान मृत्यु भएको छ । मेचीनगर–६ बर्मेली बस्तीमा बस्दै आएकी ५६ वर्षीया महिलालाई चार दिनअघि कोरोना पुष्टि भएको थियो ।

पारिवारिक स्रोतका अनुसार उनी कलेजोको क्यान्सरबाट समेत पीडित थिइन् । उनलाई उपचारका लागि बीएन्डसी अस्पताल लगिएकोमा त्यहाँ जाँच गर्दा कोरोना पुष्टि भएको थियो । त्यसपछि उनी घर फर्किएर गत शुक्रबारदेखि क्वारेन्टाइनमा बस्दै आएकी थिइन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)