
बिर्तामोड । “कोरोनाबाट आफू बचौँ र अरुलाई पनी बचाउँ“ भन्ने नारासहित झापाको विर्तामोडमा रहेको वीरता लेड़ी जेसीजले आफ्ना बिभिन्न सात वटा कार्यक्रमहरु घोषणा गरेको छ ।
कोरोनाको दोस्रो लहर तिव्र रुपमा बढे सङ्गै अबको दायित्व,भूमिका र जिम्मेवारि कसरी निभाउदै अगाडी बढ़ने,? कोरोनाबाट आफू बाच्दै अरुलाई कसरी बचाउने?सचेतना अभियान कसरी सन्चालन गर्ने?भन्ने बिषयमा भर्चुअल बैठक मार्फत बिभिन्न् निर्णयहरु गरेको वीरता लेडी जेसीजकी अध्यक्ष स्वस्तिका आचार्यले जानकारी दिएकी छन् ।
कोरोना सचेतना अभियानमा पर्चा ,ब्यानर, पम्प्लेट,संचार माध्यममा सूचना सम्प्रेषण,माइकिंग,सामाजिक सन्जालको प्रयोग मार्फत जनचेतना फैलाउने कार्यहरु गर्ने अभियानकारी संयोजक युनिता दवाडीले बताईन ।
वीरता लेडी जेसीजका सदस्यहरुलाई कोरोना संक्रमण भएको अवस्थामा सम्भव भएसम्म भौतिक रुपमै संस्थागत उपस्थिती जनाएर “पोषिलो आहार“लगिदिने यदी सम्भव नभएमा बिर्तामोडको “शिखर बजार सङ्गको सहकार्यमा सो सुविधा उपलब्ध गराउने सहमती भएको शिखर बजारकी संचालक अर्चना राउतले जानकारी दिएकी छन् ।

त्यस्तै बैठकले संक्रमित जेसीज सदस्यहरुलाई औषधि ब्यबस्थापन लगायत अन्य स्वास्थ्य सम्बन्धी सेवाका लागी स्वास्थ्यकर्मी तथा संस्थाकी उपाध्यक्ष दीपा शिवाकोटिलाई जिम्मेवारी दिइएको अध्यक्ष आचार्यले जानकारी दिइन ।
कोरोनालाई जितेर आएका ब्याक्तिहरुसंग अनुभव साट्ने,र सर्वसाधारणलाई वहाँहरुको अनुभव सुनाउने र अन्य ब्यक्तिहरुको आत्मबल बढाउने खालका कार्यक्रम सन्चालन गर्नका लागि पत्रकार महासंघ झापासंग सहकार्य गर्ने निर्णय लेडी जेसीजले गरेको छ ।
यसैगरि बैठकले कोरोना कहरका बेला हुने कालोबजारी,मूल्य वृदी,कृत्रिम अभाव आदीमा निगरानी राख्न र अनुगमन बढाउन उपभोक्ता मञ्च,स्थानिय तह,सरोकारवाला निकाय र प्रहरीलाई ध्यानाकर्षण गराउने निर्णय गरेको छ भने अनलाइन मार्फत बिभिन्न् तालिम कार्यक्रम हरु सन्चालन गरिने भएको छ ।
कोरोना कहर मा घरमा बसिरहेका बिधार्थिहरुलाई लक्षित गरि अनलाइन मार्फत बिभिन्न प्रतियोगिता हरु जस्तै कबिता,चित्रकला,वक्तृत्व्कला,गायन आदि गराउने समेत निर्णय भएको महासचिव हिमा पौडेलले जानकारी दिइन ।
लेडी जेसीजले मार्च महिनाको ’जेसी अफ द मन्थ’ अवार्ड कानूनी सल्लाहकार संगिता चिमरिया र अप्रिल महिनाको ’जेसी अफ ड मन्थ’अवार्ड उपाध्यक्ष अर्चना राउतलाई प्रदान गरिको छ ।
महिनाभरी उत्कृष्ट कार्य सम्पादन गरेको आधारमा वीरता लेडी जेसीजले प्रत्येक महिना जेसीज सदस्य हरलाई अवार्ड प्रदान गर्दै आएको छ ।


