Aamsanchar

आकर्षक ब्याज दिने प्रलोभनमा पारेर १२ करोड लिएर मोरङका एक सुन व्यापारी फरार

Author Image
सोमवार, वैशाख २७, २०७८

मोरङ — उर्लाबारी नगरपालिका ६ डिबीमार्गस्थित गौतम सुनचाँदी पसलका सञ्चालक राजेश भन्ने गोपाल गौतमले १२ करोड रुपैयाँ लिएर फरार भएका छन् । उर्लाबारीका तीन सयभन्दा बढीलाई आकर्षक ब्याज दिने प्रलोभनमा पारेर १२ करोड लिएर फरार भएको जिल्ला प्रहरी मोरङले जनाएको छ ।

गौतमले सयकडा २ रुपैयाँ ब्याज दिने सर्तमा सेवाग्राहीसँग रुपैयाँ लिएर पासबुक दिँदै आएका थिए । उनले १ लाखदेखि २० लाख रुपैयाँ ब्याजमा लिएर फरार भएको उजुरी आएकाले खोजी कार्य भइरहेको जिल्ला प्रहरी मोरङका प्रमुख एसपी सन्तोष खडकाले बताए । रकम लिएर गौतम फरार भएपछि गौतम पीडित पहल समूह गठन गरेर पीडितहरुले पैसा फिर्ता गराउन संघर्ष गरिरहेका छन् । पहल समितिका अध्यक्ष गजेन्द्र दंगालले बचत गरेको पैसा फिर्ता ल्याउन र दोषीलाई कारबाही गराउन स्थानीय प्रशासनदेखि जनप्रतिनिधिलगायत सरोकारवालाहरूसँग पहल गरिरहेको बताए । जिल्ला प्रहरी मोरङमा गौतमविरुद्ध ठगी मुद्दा दर्ता गराएको दंगालले बताए ।

गौतमको र उनकी पत्नीको नाममा ५२ कित्ता जग्गा पत्ता लगाएर पीडितहरुले मालपोत कार्यालयमा रोक्का गर्न लगाएको छ । गौतमको नाममा २६ र उनकी पत्नी चित्रकुमारी गौतमको नाममा २४ कित्ता विभिन्न ठाउँमा जग्गा रहेको अध्यक्ष दंगालले बताए । एसपी खड्काले पीडितहरूले उजुरी दिएकाले फरार भएका गौतमको खोजी कार्य र अनुसन्धान भइरहेको बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 284

प्रतिक्रिया (०)

सम्बन्धित खबर