Aamsanchar

आज्ञाकारी ऋृषी परशुराम

Author Image
शुक्रवार, वैशाख ३१, २०७८

भार्गव गोत्रका अत्यन्त आज्ञाकारी ऋृषी परशुरामको आज, वैशाख शुक्ल तृतीया परशुरामको जन्म जयन्तीका रुपमा मनाउने चलन छ । ब्राह्मणका रुपमा जन्मिएतापनि क्षेत्रिय प्रकृतिको कार्य गरेकाले यिनलाई भार्गव भनिएको हो । हामीले नाम सुनीआएका अनि महाभारत यूद्धका असाधारण योद्धाहरु भिष्म, द्रोण अनि कर्ण यिनै परशुरामका शिष्यहरु हुन् भने परशुरामका साक्षात गुरुका रुपमा भने देवादिदेव शिवजी रहनुभएको मानिन्छ । परशुरामको वास्तविक नाम राम हो । परशु भन्नाले बञ्चरो जस्तो हतियार बुझिन्छ । भगवान रामको त्यो रूपले बञ्चरो जस्तो हतियार बोकेको हुँदा परशुराम भनिएको हो । भगवान् महादेव आफैंले धारण गरेको अमोघ परशु (बञ्चरो)   उनलाई दिएका थिए । त्यहि अमोघ बञ्चरो बोकेका कारण उनलाई परशुराम भनिएको थियो । परशुराम जयन्तीका अवसरमा स्नान र संकल्प आदि गरी दिनभर व्रत बस्नु पर्दछ र मध्यान्नमा पुजा गरी परशुराम कथा श्रवण सकेपछि मात्रै फलादि आहार गर्नुपर्दछ भन्ने मान्यता छ ।

पौराणिक कथनहरु अनुसार उनले सत्यका पक्षमा २१ पटक ठूल्ठूला युद्धहरु लडेका थिए । उनी युद्धकलामा निपुण, सुरो र बलियो सिपाही थिए । उनी अपराजित चिरन्जीवी अर्थात अमर थिए । भगवान राम जन्मनु अगाडि पृथ्वीमा व्याप्त सबै अत्याचार अन्त्य गर्न विष्णुको अवतारका रुपमा परशुरामको जन्म भएको थियो । त्यहि भएर परशुराम जन्मिएको दिन बैशाख शुक्ल तृतिया तिथिलाई चिरन्जीवी तिथि भनिन्छ ।

परशुरामलाई पितृवचनको सच्चा पालनकर्ता मानिन्छ । श्रीमद्भागवद् गीतामा उल्लेख भएअनुसार संसारका सबैकुरा नाशवान छन् तर परशुराम यस्ता महान पात्र थिए जो कालबाट समेत अपराजित थिए ।

कलाकौशल अनि भौतीक पूर्वाधार निर्माणका रचयता परशुराम प्राचीन कालका इन्जिनियर नै हुन् । भारतवर्षका सम्पूर्ण प्राचीन गाँउ अनि नगरहरु यिनैको योजना र कला मुताबिक बनाईएका हुन् । उत्खननक्रममा समुन्द्र विचमा भेटिएको प्राचीन द्वारीका नगरको अहिलेको अवशेष अनि तिनको सान्दर्भिक र वैज्ञानीक संरचनाले पनि प्राचीन कालदेखिनै भएको वैज्ञानीक विकासमा परशुरामको योगदानको ब्याख्या गर्दछ । परशुराम विष्णुका दश अवतारहरु मध्य छैठौ अवतार हुन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर