Aamsanchar

रामानुजाचार्य संस्कृतका प्रकाण्ड विद्वान

Author Image
आइतवार, जेठ २, २०७८

विष्णुका भक्त रामानुजाचार्यको जयन्ती हरेक वर्ष आजकै तिथिमा मनाइन्छ । शङ्कराचार्य झैँ रामानुजाचार्य पनि एक सनातन दार्शनिक हुन् । यद्यपि रामानुजाचार्यका दर्शनहरू विष्णु केन्द्रित पाइन्छन् । भक्ति अभियानका अभियन्ता रामानुजाचार्य वैष्णवधारका मार्गदर्शक पनि मानिन्छन् ।

रामानुजाचार्यका गुरु यादव प्रकाश चाहिँ अदविता बेदान्तका अनुयायी थिए । स्मरण गरौं, यस अदविता वेदान्त चाहिँ आदिगुरु शङ्कराचार्यले शुरुवात गरेको दर्शन हो । पछि आफ्नो गुरुसँग मतभेद भएपछि तामिल अल्वर परम्परा अनुसार रामानुजाचार्यले नाथमुनि र यमुनाचार्य सम्प्रदायको अनुसरण गरे ।

रामानुजाचार्यको ज्ञानको रिसले अन्य पुजारी र पण्डितहरूले धेरै पटक मार्ने प्रयत्न पनि गरे । कहिले तामिल त कहिले काँचीमा यिनको हत्या योजना बुनियो । तर हरेक पटक हरिका कृपाले रामानुचार्य जोगिए । यसरी जोगिएका रामानुचार्य आज आएर सनातन दर्शनका एक सर्वोत्कृष्ट दार्शनिक र भक्त मानिन्छन् ।

रामानुजाचार्य संस्कृतका प्रकाण्ड विद्वान पनि हुन् । यिनले वास्य, ब्रह्म सूत्र र खुद भागवत गीता पनि संस्कृतमा लेखन गरेका छन् । उनी एक भगवानमा विश्वास राख्दथे । अन्तरमनबाट विष्णु अर्थात् श्रीहरिको उपासना अर्चना गर्दथे । हालको चेन्नई नजिकको एउटा सामान्य परिवारमा जन्मिएका रामानुजाचार्यका योगदानहरू सनातन दर्शनमा सदैव यादगार अनि पूजनीय रहनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 202

प्रतिक्रिया (०)

सम्बन्धित खबर