Aamsanchar

कोरोना अपडेट : झापा गाउँपालिका

Author Image
आइतवार, जेठ २, २०७८

शरणामती। झापा गाउँपालिकामा कोरोनाको दोस्रो लहरमा कुल ७४ जनामा संक्रमण पुष्टि भएको छ। जसमा ४१ जना पुरुष रहेका छन भने ३३ जना महिला रहेका छन।

पालिकामा १२ जनाले भने कोरोनालाई परास्त गरेका छन। कोरोनालाई परास्त गर्नेमा ७ पुरुष र ५ महिला रहेको स्वास्थ्य शाखा प्रमुख लक्ष्मण बिश्वकर्माले बताए। उनका अनुसार ३ जना संक्रमित अस्पतालमा उपचाररत रहेका छन। एक जना आइसिइउमा छन भने दुई जनाको नर्मल वार्डमा उपचार भइरहेको छ।

‘पालिकामा कोरोनाको दोस्रो लहरमा तिन जनाको मृत्यु भएको बिश्वकर्माले जानकारी दिए। पालिकामा कोरोना भाइरसको चपेटाबाट बालबालिका भने मुक्त रहेका छन’ बिश्वकर्माले भने  ‘५ वर्ष मुनीका १२ र १४ वर्ष मुनीका संक्रमित कोही छैनन’।

यता शनिवार वडा नं ६ आदर्स टोलमा ४३ जनामा गरिएको पिसिआर परिक्षणमा २२ जनामा कोरोना संक्रमण पोजेटिभ देखिएको सिआईसिटी टिमका संयोजक श्याम कुमार न्यौपानेले बताए। त्यस्तै एन्टिजिन टेस्टमा आजै १ संक्रमित थपिएका छन।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 131

प्रतिक्रिया (०)

सम्बन्धित खबर