Aamsanchar

मोरङका बैंक तथा वित्तीय संस्था जेठ ११ गतेसम्म बन्द

Author Image
बुधवार, जेठ ५, २०७८

विराटनगर –कोरोना संक्रमणको जोखिम थप बढ्न थालेपछि मोरङका बैंक तथा वित्तीय संस्था साताभरका लागि बन्द गरिने भएको छ । नेपाल राष्ट्र बैंक प्रदेश कार्यालय विराटनगरले मोरङका सबै बैंक तथा वित्तीय संस्थाहरु यही जेठ ११ गतेसम्म बन्द गर्न पत्राचार गरेको छ । राष्ट्र बैंक विराटनगरका निर्देशक सत्येन्द्र तिमिल्सिनाद्वारा हस्ताक्षरित पत्रमा जिल्ला प्रशासन कार्यालय मोरङको आग्रहबमोजिम अत्यावश्यक बैंकिङ सेवाबाहेक अन्य सबै बैंकिङ क्रियाकलाप बन्द गर्न भनिएको छ ।

बैंक तथा वित्तीय संस्थाहरुलाई जारी निषेधाज्ञा अवधिभर अनलाइन बैंकिङ, एटीएम सेवा र अन कल सेवालाई व्यवस्थित गर्न भनिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर