Aamsanchar

सुनको मुल्य आज

Author Image
बिहिवार, जेठ ६, २०७८

काठमाण्डौ-सुनको भाउ आज बढेको छ । तोलामा चार सय रुपैयाँले बढेर सुनको भाउ ९३ हजार सात सय रुपैयाँमा पुगेको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो भने सुनको भाउ तोलामा एक सय रुपैयाँले भाउ घटेर ९३ हजार तीन सय रुपैयाँ कायम भएको थियो । तर, आज फेरि सुनको भाउ बढेको हो । आज चाँदीको भाउ भने घटेको छ । हिजो तोलामा १३ सय ७० रुपैयाँ रहेको चाँदी आज १३ सय ६० रुपैयाँ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 146

प्रतिक्रिया (०)

सम्बन्धित खबर