Aamsanchar

घटयो सुनचाँदीको भाउ

Author Image
शुक्रवार, जेठ ७, २०७८

काठमाण्डौ –सुनचाँदीको भाउ आज घटेको छ । हिजो तोलामा चार सय रुपैयाँ बढेर ९३ हजार सात सय रुपैयाँ पुगेको सुनको भाउ आज तोलामा चार सय रुपैयाँ घटेको हो ।

सुनको भाउ आज तोलाको ९३ हजार तीन सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । आज चाँदीको भाउ पनि घटेको छ । हिजो तोलाको १३ सय ६० रुपैयाँमा कारोबार भएको चाँदी आज १० रुपैयाँ घटेर १३ सय ५० रुपैयाँमा झरेको महासङ्घले जनाएको छ ।

Views: 183

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३