Aamsanchar

बन्यो आफ्नौ पोट्रेट पेन्टिङ गर्ने रोबर्ट

Author Image
शुक्रवार, जेठ ७, २०७८

बीबीसी – आजसम्म तपाईं हामीले मानव कलाकारले उतारेको प्रोट्रेट पेन्टिङको प्रदर्शनी मात्रै देखेका छौं होला । तर, प्रविधिको विकाससँगै आफ्नौ पोट्रेट पेन्टिङ गर्ने रोबर्टको उत्पति भएको छ । बीबीसी अंग्रेजीका अनुसार ‘एआइ–डा’ नाम गरेकी महिला रोबर्ट विश्वकै पहिलो रोेबोर्ट आर्टिस्ट हुन् । अहिले उक्त रोबर्टले बनाएको उनकै पोट्रेट लण्डनको डिजाइन म्युजियममा प्रदर्शनीम राखिएका छन् ।

ग्यालरीका संस्थापक एडान मेलर र लण्डनका डिजाइनर र इन्जिनियरहरु मिलेर एआइ एल्गोरिदमको प्रयोग गरि तयार पारिएको हो । यसकै कारण उनले आफ्नो सेल्फी बनाउन सकेकी हुन् । बीबीसीका पत्रकार डेविड सिलिटोसँग कुरा गर्दै रोबर्ट आर्टिस्ट एआइ–डा यसो भन्छिन्, “मलाई क्रियटिभ हुन मनपर्छ । मलाई त्यस्तो बन्न मन छ, जसलाई मानिसहरुले याद गरुन् । मलाई लाग्छ आर्ट भनेको केही कुराको चित्र कोर्नुमात्रै होइन । यो भनेको एउटा कम्युनिकेसनको माध्यम हो ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 244

प्रतिक्रिया (०)

सम्बन्धित खबर