Aamsanchar

आजको मौसम

Author Image
आइतवार, जेठ ९, २०७८

आज आइतबार मुलुकका पूर्वी तथा पहाडी भूभागका वर्षाको सम्भावना छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार दिउँसो प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना छ।

राति प्रदेश १, बागमती तथा गण्डकी प्रदेशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा आंशिक बदली रहने छ। प्रदेश १ का पहाडी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

सोमबार दिउँसो पनि प्रदेश १ का पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

मंगलबार प्रदेश १, प्रदेश २ र बागमती प्रदेशका पहाडी भूभागका थोरै स्थान र बाँकी प्रदेशका पहाडी भूभागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 225

प्रतिक्रिया (०)

सम्बन्धित खबर