Aamsanchar

अक्सिजन बैंकको लागि रोटरी बिर्तामोड मिड टाउनले दियो १०१ थान सिलिन्डर

Author Image
बुधवार, जेठ १२, २०७८

बिर्तामोड । झापामा कोभिडका विरामीहरु बढीरहेको अहिलेको अबस्थामा जिल्लामा अक्सिजन अभाव भएर उपचारमा जटिलता देखिन थाले पछि एकका लागि एक अभियानले १० दिन अघि अक्सिजन बैंक स्थापनार्थ सुरु गरेको ‘एक व्यक्ति एक अक्सिजन’ सहयोग अभियनलाई रोटरी क्लव अफ बिर्तामोड मिड टाउनले ठुलो परिणाममा अक्सिजन सिलिन्डर वापतको रकम हस्तान्तरण गरेको छ ।

बुधबार चारपाने स्थित सहारा नेपाल साकोसको कार्यालयमा रहेको अभियानको सचिवालयमा अभियानका संयोजक महेन्द्रकुमार गिरीलाई रोटरीका अध्यक्ष भेषराज भण्डरी प्रशान्तले १ सय १ वटा सिलिन्डर वापत पर्न आउने १५ लाख १५ हजार रुपैयाको चेक हस्तान्तरण गरेका हुन् ।

एकालागि एक अभियनको अभियन्ता संस्थाको रुपमा रहेको रोटरी क्लवले आफ्ना सदस्यहरुबाट ८ थान, हिमालय डिष्टलरीबाट प्राप्त ८३ थान, मुकहाङ याक्थुम्बाबाट प्राप्त ८ गरि १ सय १ थान अक्सिजन सिलिन्डर वापतको रकम संकलनगरी अभियानलाई उपलब्ध गराएको रोटरी क्लवका अध्यक्ष भण्डारीले आमसंचारलाई जानकारी दिए ।

देशभरीमा कोभिडले आक्रान्त पारिरहेको अवस्थामा हिमालय डिष्टलरी प्रा.लि.ले सामाजिक उत्तरदायित्व अन्तरगत सामाजिक संस्था रोटरी क्लव मार्फत एकका लागि एक अभियनलाई ८३ थान सिलिन्डर खरिदका लागि १२ लाख ५० हजार रुपैया सहयोग गरेको हिमालय डिष्टिलरीका प्रतिनिधी कुमार थापाले बताए । त्यसैगरी रोटरियनहरु उमेश डालमिया, अरविन्द अग्रवाल, शुभ कुमाई पाठक, सुजित वंशल, जगत शर्मा, गजेन्द्र पौडेल, पुष्पाञ्जली सिंहा, हरि कार्कीले १–१ थान सिलिन्डर सहयोग गरेका छन् । सिलिन्डर खरिदका लागि रोटरियनहरु सिद्धार्थ नविन उप्रेती, दिनेश पोखरेल, सन्तोष अग्रवाल, शिवकुमार अग्रवालले ५–५ हजार उपलब्ध गराएको अभियानका संयोजक गिरीले जानकारी दिए ।

रकम हस्तान्तरण कार्यक्रममा उमेश डालमिया, गजेन्द्र पोडेल, सिद्धार्थ नविन उप्रेती, कुमार थापा, सन्तोष अग्रवाल लगायतको उपस्थिी रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 211

प्रतिक्रिया (०)

सम्बन्धित खबर