Aamsanchar

विद्यार्थीले दिए मेची अस्पताललाई चार सय थान रिएजेन्ट किट, भोलिदेखि पुनः पीसीआर परीक्षण

Author Image
बिहिवार, जेठ १३, २०७८

झापा  भद्रपुरका स्थानीय विद्यार्थीले मेची अञ्चल अस्पताललाई चार सय थान रिएजेन्ट किट निःशुल्क सहयोग गरेको छ । सामाजिक उत्तरदायित्व अन्तरगत विभूति विद्या मन्दिरका पूर्व विद्यार्थी (एसएलसी समूह २०६३) ले अस्पतालमा बन्द भएको पीसीआर परीक्षण तत्काल सुचारु गराउन सो परिणामको रिएजेन्ट किट उपलब्ध गराएको हो । अस्पतालमा रिएजेन्ट किट अभाव हुँदा विगत शनिवारदेखि अस्पतालमा पीसीआर परीक्षण बन्द भएको थियो ।

  सरकारी दररेट अनुसार प्रति किट सात सय रुपैयाँ पर्ने देखिए पनि पूर्व विद्यार्थी समूहले प्रति किट चार सय ५० मा खरिद गरी अस्पताल प्रशासनलाई बिहीबार बिहान हस्तान्तरण गरेको हो  ।

पूर्व विद्यार्थीहरू शेखर बुढाथोकी (विशाल), प्रमेश न्यौपाने र सौरभ घिमिरेले अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा पीताम्बर ठाकुरलाई सो किट हस्तान्तरण गरेका थिए । यस्तो कोरोनाको महामारीको बेला सरकारी अस्पतालमा कोरोनाको पीसीआर परीक्षण बन्द नहुनु पर्ने ठानेर मानव सेवाका लागि पहिलो चरणमा चार सय थान किट उपलब्ध गराएको विद्यार्थी शेखर बुढाथोकीले बताए ।

त्यस्तै अस्पतालमा पीसीआर सेवा बन्द भएपछि प्रदेश १ का सामाजिक विकास मन्त्रालयले पनि अस्पताललाई सात सय थान रिएजेन्ट किट उपलब्ध गराएको अस्पतालका सूचना अधिकारी मनोज पोखरेलले जानकारी दिए । विद्यार्थीको चार सय र प्रदेश सरकारको सात सय गरी जम्मा ११ सय किट अस्पतालसँग उपलब्ध भएकोले शुक्रवारदेखि पुनः पीसीआर परीक्षण सुचारु गरिने उनले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)

सम्बन्धित खबर