Aamsanchar

जापानमा सङ्कटकाल अवधि थपियो

Author Image
आइतवार, जेठ १६, २०७८

जापानले कोरोनाका कारण घोषणा गरिएको सङ्कटकालको अवधिलाई नौ प्रान्तमा थप तीन हप्ताका लागि लम्ब्याएको छ । पछिल्लो समय कोरोना भाइरसको सङ्क्रमण दर घटे पनि अझै खतरामुक्त नरहेको भन्दै जुन २० तारिखसम्मका लागि सङ्कटकाल विस्तार गरिएको जापान सरकारले जनाएको छ ।

त्यहाँका रेस्टुरेन्टहरुलाई जाँडरक्सी बेच्न वा प्रत्यक्ष सेवा दिन रोक लगाइएको छ । यस्तै, स्वास्थ्य सावधानीका लागि विद्यालय बन्द गरिएका छन् साथै ठूलो खालका भेला तथा सम्मेलन गर्दा स्वास्थ्य सुरक्षाका नियमलाई पालना गर्नुपर्ने छ।

जापानमा अहिलेसम्म सात लाख ३८ हजारभन्दा धेरैलाई कोरोना भाइरसको सङ्क्रमण भएको छ भने १२ हजार ८ सय १९ जनाको ज्यान गएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)

सम्बन्धित खबर