Aamsanchar

झापामा फेरी लम्ब्याइयो निषेधाज्ञा, खाद्यान्न पसल हप्तामा २ दिन खोल्न पाइने

Author Image
बिहिवार, जेठ २०, २०७८

झापा-झापा जिल्लामा निषेधाज्ञा फेरी लम्ब्याइएको छ । जिल्ला प्रशासन कार्यालय झापामा आज बसेको जिल्ला स्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डिसीसीएमसी) को बैठकले जेठ मसान्तसम्मको लागि निषेधाज्ञा लम्ब्याउने निर्णय गरेको हो । 

बैठकले खाद्यान्न, माछा मासु, तरकारी, फलफूल पसलहरू खोल्न दिने निर्णय गरेको छ । हप्तामा दुई दिन आइतबार र बुधवार बिहान ६ देखि ९ बजेसम्म पसल खोल्न पाउने निर्णय गरेको जनाइएको छ । ती सामानहरूको होम डेलिभरी सेवा भने यथावत् राखिएको छ । साथै वित्तीय संस्थाको हकमा हप्ता तीन दिने खोल्न पाउने निर्णय गरेको छ । विकास निर्माणको हकमा आयोजनासँग सहकार्य गरी निर्माण सामग्री बोक्ने सवारी साधनलाई स्थानीय तहको सिफारिसमा सञ्चालन गर्न पाउने जनाइएको छ ।प्रशासनले वैशाख १९ गतेदेखि लागू गरेको निषेधाज्ञा चौथो पटक लम्ब्याएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 196

प्रतिक्रिया (०)