Aamsanchar

२४ घण्टामा ५ हजार भन्दाबढी कोरोना संक्रमित थपिए, ८ हजार २ सय ४३ जना संक्रमणमुक्त

Author Image
शनिवार, जेठ २२, २०७८

काठमाडौं- देशभर गत २४ घण्टामा पाँच हजारबढी कोरोना संक्रमित थपिएका छन्। कूल १६ हजार ८ सय १४ जनाको परीक्षण गर्दा ५ हजार ४२ जनामा संक्रमण पुष्टि भएको हो। ११ हजार ४ सय ७१ जनाको पिसिआर परीक्षण गर्दा ३ हजार ५ सय ४० र ५ हजार ३ सय ४३ जनाको एन्टिजेन परीक्षण गर्दा १ हजार ५ सय २ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार गत २४ घण्टामा ६८ जना संक्रमितको मृत्यु भएको छ। योसँगै देशभर कोरोनाले मृत्यु हुनेको संख्या ७ हजार ७ सय ९९ पुगेको छ। यो अवधिमा ८ हजार २ सय ४३ जना संक्रमणमुक्त भएका छन् संक्रमणमुक्त हुने दर ८२ दशमलब ८ प्रतिशत पुगेको मन्त्रालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर