Aamsanchar

ओलीले पार्टी एकताका लागि आव्हान गरेपछि नेपाल र प्रचण्डबीच भेटवार्ता

Author Image
सोमवार, जेठ २४, २०७८

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपाल र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ । नेता नेपाल र अध्यक्ष प्रचण्डबीच कोटेश्वरमा भएको भेटवार्तामा एमाले अध्यक्ष केपी ओलीले सार्वजनिक गरेको वक्तव्य, विपक्षी गठबन्धनका तर्फबाट प्रतिनिधि सभा विघटनविरुद्ध सर्वोच्चमा दिएको रिट निवेदन लगायतका विषयमा छलफल भएको बुझिएको छ ।

एमाले अध्यक्ष ओलीले आइतबार पार्टी एकताका लागि ६ बुँदे प्रस्तावसहित शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर र रिट निवेदन फिर्ता लिन माधव नेपाल पक्षलाई आव्हान गरेपछि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो । आजै नेता नेपालले ओलीको वक्तव्यबारे आफ्नो समूहका स्थायी समिति सदस्यहरुसँग छलफल गर्दैछन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 161

प्रतिक्रिया (०)

सम्बन्धित खबर