Aamsanchar

भारतको महाराष्ट्रमा केमिकल कारखानामा आगलागी, कम्तीमा १८ जना मजदुरको मृत्यु

Author Image
मङ्गलवार, जेठ २५, २०७८

भारतको महाराष्ट्र राज्यको पुणेमा केमिकल कारखानामा आगलागी हुँदा कम्तीमा १८ जना मजदुरको मृत्यु भएको छ।

गत राति भएको आगलागीमा परी अझै केही मजदुर हराइरहेका बीबीसीले जनाएको छ। आगलागीको समयमा कारखानामा ३७ मजदुर काम गरिरहेको समाचारमा उल्लेख छ। हराएका मजदुरहरुको खोजी भइरहेको भारतको फायर ब्रिगेड विभागले बताएको छ। आगलागीको कारण र क्षतिको विवरण अझै थाहा हुन नसेको समाचारमा उल्लेख छ।

यसैबीच, भारत सरकारले आगलागीमा परी ज्यन गुमाउने मजदुरका परिवारलाई २ लाख तथा घाइतेका परिवारलाई ५० हजार रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 252

प्रतिक्रिया (०)

सम्बन्धित खबर