Aamsanchar

प्रदेश १ कोरोना अपडेट

Author Image
मङ्गलवार, जेठ २५, २०७८

विराटनगर । प्रदेश १ मा आज ७८७ जना कोरोना संक्रमित थपिएका छन् । मोरङमा २६८, झापामा २५५, सुनसरीमा १९२, उदयपुरमा १४, धनकुटामा १२, संखुवासभामा ५, इलाम र ते¥हथुममा ४–४, भोजपुरमा ३, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मोरङको विराटनगरमा १००, सुन्दरहरैचामा ७६, उर्लाबारीमा २४, पथरीशनिश्चरेमा १९, बेलबारी र बुढीगंगामा १०–१०, मिक्लाजुङमा ५, ग्रामथान, धनपालथान र कटहरीमा ४–४, जहदा, रंगेली, लेटाङ, सुनबर्षी र स्थानीय तह नखुलेको २–२, कानेपोखरी र रतुवामाईमा १–१, झापाको भद्रपुरमा ५६, मेचीनगरमा ५१, विर्तामोडमा ४१, दमकमा २९, अर्जुनधारामा २०, शिवसताक्षीमा १३, कनकाई र कमल गाउँपालिकामा ११–११, कचनकवलमा ६, बुद्धशन्तिमा ५, हल्दिबारीमा २, गौरादह, गौरीगञ्ज र झापा गाउँपालिकामा १–१ र स्थानीय तह नखुलेका ७, सुनसरीको इटहरीमा ७४, धरानमा ६६, दुहवीमा १०, रामधुनीमा ९, इनरुवामा ८, गढी र बराहक्षेत्रमा ६–६, देवानगञ्जमा ५, भोक्राहानरसिंहमा ४, कोशी गाउँपालिकामा २, बर्जु र स्थानीय तह नखुलेका १–१ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
त्यसैगरि उदयपुरको त्रियुगामा ७, चौदण्डीगढीमा ४, रौतामाई, उदयपुरगढी र बेलकामा १–१, धनकुटाको धनकुटा नगरपालिकामा ६, छथर, पाख्रिवास, साँघुरीगढी, चौवीसे, शहिदभूमी र स्थानीय तह नखुलेका १–१, संखुवासभाको खाँदबारीमा ४, स्थानीय तह नखुलेका १, इलामको इलाम नगरपालिका र चुलाचुलीमा २–२, ते¥हथुमको म्याङलुङमा ३ र फेदापमा १, भोजपुरको भोजपुर नगरपालिकामा २ र हतुवागढीमा १, ताप्लेजुङमा २, पाँचथरमा १ र प्रदेश १ बाहिरका २७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ६३ हजार ३१३ पुगेको छ । संक्रमित भएका मध्ये ४२ हजार ८४१ संक्रमणमुक्त भएका छन् । आज ४६७ जना संक्रमणमुक्त भएको मन्त्रालयले जनाएको छ । सक्रिय संक्रमितको संख्या १९ हजार ८४० पुगेको छ । प्रदेश १ मा आज २ हजार ५०० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ३५५ महिला र ४३२ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 122

प्रतिक्रिया (०)

सम्बन्धित खबर