Aamsanchar

भारतमा निजी अस्पताललाई शुल्क लिएर कोभिड खोप दिन अनुमति

Author Image
बुधवार, जेठ २६, २०७८

भारत सरकारले निजी अस्पताललाई तोकिएको शुल्क लिएर कोरोनाभाइरसविरुद्धको भ्याक्सिन लगाउने अनुमति दिएको छ।

योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक भ्याक्सिन लगाउन पाउने भएका हुन्।

भारतीय स्वास्थ्य मन्त्रालयले तोकेको खोप अनुसार शुल्कसमेत निर्धारण गरेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार निजी अस्पतालले कोभिशिल्ड भ्याक्सिनको ७ सय ८० भारतीय रुपैयाँ लिन पाउनेछन्।

त्यसैगरी, कोभ्याक्सिनको १४१० र स्पुतनिक भ्याक्सिनको ११४५ भारतीय रुपैयाँ तोकिएको भारतीय सञ्चारमाध्ययमा उल्लेख छ।

सरकारको यो निर्णयसँगै भारतमा खोप अभियान तिब्र हुने विश्वास सरकारी अधिकारीको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 214

प्रतिक्रिया (०)

सम्बन्धित खबर