Aamsanchar

प्रेस क्लबलाई इष्ट होराइजनको आर्थिक सहयोग

Author Image
बिहिवार, जेठ २७, २०७८

मेचीनगर-  मेचीनगरका पत्रकारहरुको साझा संस्था प्रेस क्लब मेचीनगरलाई कार्यालय व्यवस्थापनका लागि दाताहरुले आर्थिक सहयोग प्रदान गर्न शुरु गरेका छन् । यसैक्रममा विहीबार मेचीनगर—१० धुलावारीस्थित  इष्ट होराइजन माध्यमिक विद्यालयले नगद २० हजार रुपैयाँ आर्थिक सहयोग प्रदान गरेको छ । क्लबको कार्यालयमा सुरक्षा मापदण्ड कायम गरी अयोजित रकम हस्तान्तरण कार्यक्रममा विद्यालयकातर्फबाट प्रिन्सिपल सञ्जिवकुमार राईले क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीलाई रकम हस्तानतरण गर्नुभएको थियो ।

प्रेस क्लब मेचीनगरको कार्यालय सञ्चालन तथा ब्यवस्थापनका लागि कोभिडको महमारीमा आफुले सहयोग रकम प्रदान गरेको प्रिन्सिपल राईको भनाई  छ । कोरोना महामारीका बीच पनि बिद्यालय स्वयम् समस्या परेको बेला समेत क्लबलाई सहयोग गरेकोमा क्लबका अध्यक्ष लक्ष्मी उप्रेतीले विद्यालयप्रति धन्यवाद प्रदान गर्नुभयो । अध्यक्ष उप्रेतीले क्लबको संक्षिप्त परिचय गराउनु हुदैं  २०७१ साल असार ४ गते संस्था दर्ता  ऐन २०३४  को दफा ४ बमोजिम जिल्ला प्रशासन कार्यालय झापामा दर्ता भएर ‐दर्ता नम्बर २२५९) प्रेस जगतको संस्थागत विकास, पत्रकार र प्रेससँग सम्बन्धित व्यक्तिहरुको पेशागत हक, हित र सीप प्रवद्र्घन गरी पत्रकारहरुको व्यवसायिक हक हित अधिकारको संरक्षणका लागि नेतृत्व प्रदान गदैं आएको प्रेस क्लब मेचीनगर स्थानीय सरकार मेचीनगर नगरपालिकाको संस्था दर्ता ऐन २०७६ को दफा बमोजिम अनुसूची ३ नियम ४ सँग सम्बन्धित २०७७ मंसिर १२ गते मेचीनगर नगरपालिकामा दर्ता भएर ‐दर्ता नम्बर ०६ ) प्रमाणपत्र प्राप्त गरेको स्पष्ट पार्नुभयो ।

क्लबले स्थापनाकालदेखि नै प्रेस जगतको संस्थागत विकास, पत्रकार र प्रेससँग सम्बन्धित व्यक्तिहरुको पेशागत हक, हित र सीपका विभिन्न रचनात्मक कार्य गदैं आएको बताउनुभयो । अहिले विश्व कोभिड १९ का कारण थला परेको भन्दैं विश्वकै अर्थतन्त्र अहिले धराशायी बनेको र यस्तै संकटबाट नेपालपनि गुज्रिरहेको अवस्थामा  यस्तो विषम परिस्थितीमा पनि नेपाली पत्रकारहरु अग्रपंक्तिमा रहेर आफ्नो कर्ममा जुटिरहेका जानकारी गराउनुभयो ।

यस्तो अवस्थालाई ध्यानमा राखेर प्रेस क्लब मेचीनगरले नगरमा क्रियाशील सञ्चारकर्मीहरुलाई आफ्नै सिमीत स्रोत र साधन तथा यहाँहरु जस्तै सहयोगी संघ संस्थाबाट प्राप्त स्वास्थ्य सामग्रीहरु वितरण गरिरहेको हरेक सञ्चारगृहमा पुगेर सञ्चारमाध्यम, त्यसमा कार्यरत सञ्चारकर्मी र सञ्चारउद्यमीको अवस्था बुझ्ने काम गरिरहेको उहाँले जानकारी गराउनुभयो । हाल मेचीनगरमा राष्ट्रिय तथा स्थानीय तथा स्थानीय सञ्चारमाध्यममा ५५ जना  पत्रकार कार्यरत रहेका छन् । 

अग्रज पत्रकार  जी एन शर्माले विद्यालयले कोभिड १९ महामारीकाबीच आफ्नो कर्ममा क्रियाशील पत्रकारहरुप्रति विद्यालय परिवारले देखाएको सदासहायताका लागि प्रशंसा गदैं आगामी दिनमा समेत नगरका पत्रकार र विद्यालय परिवार एकसाथ हरेक दुःख सुखमा अघि बढ्नुपर्नेमा जोड दिनुभयो । 

क्लबका सचिव जीआर धितालले सञ्चालन गरेको कार्यक्रममा क्लब सचिवालय सदस्यहरु विकास देवकोटा, दिलिप थापा र युवराज आचार्य ईष्टहोराइजनका शिक्षक नविन दाहालको समेत उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनकाे भाउ
शुक्रवार, वैशाख १४, २०८१
नेपाली बजारमा सुनको मूल्य
बिहिवार, वैशाख १३, २०८१
सुनचाँदीको मूल्य
बुधवार, वैशाख १२, २०८१