Aamsanchar

झापामा खुकुलियो निषेधाज्ञा

Author Image
सोमवार, असार ७, २०७८

बिर्तामोड ।  झापा जिल्ला कोभिड व्यवस्थापन समितिले पुनः निषेधाज्ञा थप गरेको छ । आज बसेको डीसीएमसीको बैठकले छैटौँ पटक निषेधाज्ञा थप गरेको हो । आगामी असार १४ गतेसम्मका लागि जिल्लाभर निषेधाज्ञालाई डीसीएमसी निरन्तरता दिएको छ ।

डीसीएमसीको अघिल्लो बैठकले खाद्यन्न, फलफूल, तरकारी, माछामासु, दुधडेरी, पुस्तक र हार्डवेयर पसल खुल्ला गर्ने निर्णय गरेको थियो ।

सोमबार बसेको बैठकले यसका अलावा निर्माणजन्य सामग्री, इलोक्ट्रोनिक्स, टेलरिङ्ग, लत्ताकपडा, जुत्ता, सुनचाँदी, कस्मेटिक, भाँडा, गाडी, मोटरगाडी शोरुम, प्लास्टिक तथा मेशिनरी पसलसमेत खोल्न पाउने निर्णय गरेको छ । ती पसलहरु प्रत्येक दिन बिहान ६ देखि मध्यान्ह १२ बजेसम्म खोल्न पाइने  प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिनाले बताए ।

डीसीएमसीले होटल तथा रेष्टुरेन्टले ‘टेक अवे’ सेवा सञ्चालन गर्न पाउने व्यवस्था गरेको छ ।

सिनेमा हल, पार्टी प्यालेस, स्वीमिङ पुल, मनोरञ्जन स्थल, पार्क, सैलुन, ब्युटी पार्लर, जीमखानालगायत भने बन्द नै रहने निर्णय डीसीएमसीले गरेको छ । अत्यावश्यक सेवा सञ्चालन गर्ने बाहेकका सरकारी कार्यालय, सार्वजनिक संस्थान, बीमा कम्पनीलगायतका कार्यालयले सेवा स्थगन गर्ने र त्यस्ता कार्यालयमा न्युनतम कर्मचारी मात्र उपस्थित भई कार्यालय सञ्चालन गर्न आग्रह गरिएको छ ।

सार्वजनिक सवारी साधन भने सञ्चालन गर्न पाइने छैन । धान रोप्ने समय सुरु भएकाले खेत जोत्न प्रयोग हुने ट्रयाक्टर सञ्चालन गर्न भने पाउने व्यवस्था गरिएको छ ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 209

प्रतिक्रिया (०)

सम्बन्धित खबर