Aamsanchar

भद्रपुरमा प्रधानमन्त्री रोजगार कार्यक्रम, सडक निर्माण तथा स्तरोन्नतिमा

Author Image
सोमवार, असार ७, २०७८

भद्रपुर । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम प्रभावकारी देखिएको छ ।

स्थानीय तहहरुले प्रधानमन्त्री रोजगार कार्यक्रम अनुत्पादक भएको आरोप खेपिइरहेको बेला भद्रपुरमा भने यस कार्यक्रमअन्र्गतका श्रमिकलाई वडा कार्यालयहरुसँगको समन्वयमा नगरपालिकाका ठोस योजनामा परिचालन गरिएकोले कार्यक्रम प्रभावकारी देखिएको हो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा दर्जनौं सडक निर्माण तथा स्तरोन्नतिमा श्रमिकहरुलाई परिचालन गरेको छ भने वडा नं २ मा नगरपालिकाको स्वामित्वमा रहेको बाईस कट्ठा जग्गामा बृहत कृषि परियोजना सञ्चालन गर्ने उद्देश्यले उक्त जमिनलाई व्यवस्थत गर्न श्रमिकहरु प्रिचालन भएका छन् । वर्षौंदेखि उपयोगविहीन रहेको सो जमिनमा यतिखेर खनजोत गरेर कृषि प्रयोजनका लागि उपयुक्त बनाइएको छ भने हाल प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई कंक्रिट घेराबारा र टनेल निर्माणमा खटाइएको कार्यक्रमका संयोजक टिकाराम पाण्डेले बताउनु भयो । उक्त जमिन भद्रपुर नगरपालिका वडा नं १ र २ को सिमानामा पर्छ ।

सो जमिनमा व्यावसायिक तरकारी खेती तथा फलफूल खेती गरिने बताइएको छ । परियोजनामार्फत अहिले परिचालन गरिएका श्रमिकलाई नै स्वरोजगार बनाउने योजना रहेको छ । भविष्यमा कृषिको अध्ययन केन्द्रसमेत सञ्चालन गर्ने गरी विकास गर्न लागिएको सो कृषि पाठशाला कार्यक्रममा प्रधानमन्त्री रोजगार कार्यक्रममा सहभागी १५ जनालाई सहभागी गराइने छ । उनीहरुले प्रतिव्यक्ति १५ हजार रुपैयाँ बीउपूँजीको रुपमा जम्मा गरी ।

उनीहरुले उत्पादन गरेका तरकारी तथा फलफूलको बजारीकरणका लागि नगरपालिकाले सहयोग गर्ने नगरप्रमुख जीवनकुमार श्रेष्ठले बताउनु भयो ।
आफ्नो वडामा विगतमा उपभोक्ता समितिमार्फत गरिँदै आएका विकास निर्माणका काममा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमका श्रमिकलाई परिचालन गरिएको र लगानीको दृष्टिकोणले पनि कम बजेटमा गुणस्तरीय काम भएको बदाउँदै वडा नं १० का वडाध्यक्ष श्रमिकहरुलाई सही ढंगले परिचालन गर्न सक्दा प्रधानमनत्री रोजगार कार्यक्रमबाट उल्लेख्य उपलब्धि हासिल गर्न सकिने बताउनु भयो ।

भद्रपुरमा यस वर्ष प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८४ जनाले सय दिनको रोजगारी पाएका छन् । एक श्रमिकले एक दिनको ५१७ रुपैयाँ ज्याला पाउँछन् ।
कार्यक्रम उपलब्धिमूलक देखिएपछि यो कार्यक्रमलाई थप व्यवस्थित र नगरभित्र थप रोजगार सिर्जनागर्न आ. व. ०७८ ०७९ का लागि भद्रपुर नगरपालिकाले आफ्नो नीति तथा कार्यक्रममा समेट्दै आफ्नो स्रोतबाट पनि बजेट विनियोजन गरी नगरसभामा पेश गर्न लागेको नगरप्रमुख श्रेष्ठको भनाइ छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 248

प्रतिक्रिया (०)

सम्बन्धित खबर