Aamsanchar

बिर्तामोड नगरद्वारा १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाको बजेट प्रस्ताव

Author Image
बिहिवार, असार १०, २०७८

झापा – बिर्तामोड नगरपालिकाले आगामी आर्थीक वर्ष २०७८/७९को लागि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैँयाको बजेट प्रस्ताव गरेको छ । बिहिबार आयोजित सातौँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरकी उपप्रमुख पवित्रा महतारा प्रसाईले उक्त बजेट प्रस्ताव गर्नु भएको हो ।उक्त बजेट चालु आर्थिक वर्षको प्रस्तावित बजेटको १३.६७ प्रतिशत वृद्वी र संशोधित बजेटको २.९० प्रतिशतले बृद्वी हुने जनाइएको छ ।

बजेटमा आन्तरीक श्रोतबाट १५ करोड,घर जग्गा रजिष्ट्रेसन बाँडफाँडबाट १० करोड,लागत सहभागिता १ करोड,संघीय सरकारबाट प्राप्त हुने वित्तिय समानिकरण २२ करोड ४९ लाख,राजश्व बाँडफाँड ११ करोड ९ लाख ४६ हजार,सर्शत अनुदान४२ करोड ८४ लाख,विशेष अनुदान १ करोड ९९लाख,समपुरक अनुदान २ करोड ८५ लाख तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तिय समानीकरण १ करोड ३३ लाख७२ हजार,सर्शत अनुदान ५० हजार,राजश्व बाँडफाँड १ करोड १७ लाख ११ हजार ५ सय,समपुरक अनुदान करोड र सामाजिक सुरक्षा २० करोड गरि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सय रुपैयाँको स्रोतगत अनुमान प्रस्तुत गरीएको छ ।

नगरपालिकाले चालु खर्च ४४ करोड३५ लाख १४ हजार र पुँजीगत खर्च ६६ करोड ४२ लाख ६५ हजार ५ सय तथा सामाजिक सुरक्षा वापत २० करोड गरि कुल १ अर्व ३० करोड ७७ लाख ७९ हजार ५ सयको व्यय हुने अनुमान गरीएको छ ।प्रस्तावित बजेटमा पुर्वाधार विकासको क्षेत्रमा ५६ करोड १४ लाख ५० हजार,आर्थिक विकासमा २८ करोड २७ लाख,सामाजिक विकासमा ३८ करोड २ लाख १४ हजार ५ सय,वातावरण तथा विपद व्यवस्थापनमा ७५ लाख ५० हजार र सार्वजनिक सेवा तथा क्षमता विकास (प्रशासनिकरचालु खर्चसमेत) ३२ करोड ९८ लाख १५ हजार बजेट विनियोजन गरीएको छ ।

विश्वव्यापी महामारीकोरुपमा रहेको कोभिड–१९को कारणबाट आन्तरिक स्रोत संकलनमा कठिनाई उत्पन्न भएको भन्दै उपप्रमुख प्रसाईले मालपोत रजिष्ट्रेसन शुल्क,घर बहाल कर,सम्पति कर,नक्सा पास दस्तुर,तथा व्यवसाय कर प्रस्तावित भन्दा करिब २० प्रतिशत भन्दा कम संकलन भएको बताउनु भयो ।

नगरप्रमुख ध्रुवकुमार शिवाकोटीको अध्यक्षता तथा प्रदेश १ सभा सदस्य एकराज कार्कीको प्रमुख आतिथ्यमा नगरसभा बैठक सुरु भएको हो ।नगरसभाको अर्को बैठक असार २० गते बस्ने जनाइएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 167

प्रतिक्रिया (०)

सम्बन्धित खबर