Aamsanchar

माध्यामिक तहसम्मको शिक्षा निःशुल्क बनाउने आठराई त्रिवेणीको योजना,डाक्टर पढ्नेलाई ५० प्रतिशत छात्रवृत्ति

Author Image
शुक्रवार, असार ११, २०७८

ताप्लेजुङ- ताप्लेजुङको आठराई त्रिवेणी गाउँपालिकाले माध्यामिक तहसम्मको शिक्षा निःशुल्क बनाउने योजना ल्याएको छ । पालिकाले कक्षा ११ र १२ को अध्ययन गर्ने विद्यार्थीले आगामी वर्षदेखि कुनै पनि शुल्क तिर्नु नपर्ने व्यवस्था गरेको हो । बिहीबार एघारौं गाउँसभामा आर्थिक वर्ष २०७८/०७९ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै गाउँपालिका अध्यक्ष विश्वनाथ सिटौलाले विद्यालय तहको शिक्षास्तर उकास्न लागि परेको बताए । प्रत्येक माध्यामिक विद्यालयबाट एकरएकजना उत्कृष्ट विद्यार्थीलाई गाउँपालिकाले प्राविधिक शिक्षा अध्ययनका लागि छात्रवृत्ति दिने, शैक्षिक क्षेत्रलाई राजनीतिक हस्तक्षेतमुक्त बनाउने, प्राविधिक शिक्षालय स्थापना प्रक्रिया थाल्ने नीति तथा कार्यक्रममा उल्लेख छ ।

कोरोना माहामारीको समस्या भोगिरहेको उक्त गाउँपालिकाले आगामी आर्थिक वर्षदेखि एमबीबीएस डाक्टर अध्ययन गर्ने विद्यार्थीलाई ५० प्रतिशत अनुदान दिने निर्णय गरेको छ । चिकित्सा शिक्षा आयोगको प्रवेश परीक्षा उत्तिर्ण गरेका पालिकाभित्रका विद्यार्थीलाई उक्त अनुदान दिने गाउँपालिकाको योजना छ ।

सभामा गाउँपालिका उपप्रमुख मञ्जु पौड्याल भट्टराईले आगामी वर्षको लागि ४४ करोड ३० लाख ९३ हजार ९ सय ८० रुपैयाँको बजेट प्रस्तुत गरिन् । बजेटमा शिक्षा र स्वास्थ्यपछि जनसहभागिता जुट्ने याजनालाई प्राथमिकतामा राखिएको छ । आठराई त्रिवेणीको एउटै नारा, स्वस्थ रहुन् गाउँले सारा नारा तय गरेको गाउँपालिकाले सबै वडामा स्वास्थ्य चौकि निर्माण गर्ने, पूर्ण सरसफाईयुक्त गाउँपालिका बनाउन अभियान सञ्चालन गर्ने, कडा रोग लागेका विपन्न परिवारलाई १५ हजार सहायता प्रदान गर्ने, घरभित्रको घुवाँमुक्त गाउँपालिका घोषणा गर्न अभियान सञ्चालन गर्ने उल्लेख छ ।

त्यस्तै स्वास्थ्य शिविर सञ्चालन गर्ने, गर्भवति महिलालाई नियमित स्वास्थ्य जाँच गर्न प्रोत्साहन गर्ने, सुत्केरीका लागि पोषिलो खाना कार्यक्रम गर्ने, एक घर एक धारा निर्माण गर्ने, पानीको मुहान संरक्षणलाई उच्च प्राथमिकता दिने, वृक्षारोपण अभियान सञ्चालन गर्ने नीति गाउँपालिकाले लिएको छ ।

सबै वडामा केन्द्रीय विद्युत् प्रशारण लाइन विस्तार गर्ने, सबैभन्दा बढी कर तिर्ने करदातालाई सम्मान गर्ने, मापदण्ड अनुसारको खेलमैदान निर्माण गर्ने, खेलकुदको विकासका लागि प्रशिक्षकको व्यवस्था गरी विभिन्न खेलका खेलाडी उत्पादन गर्ने लक्ष्य गाउँपालिकाले राखेको छ ।

उत्कृष्ट कर्मचारी सम्मान, हरेक विद्यालयमा बालमैत्री धारा र बालमैत्री खेलमैदान निर्माण, ज्येष्ठ नागरिकको सम्मानमा विषेश कार्यक्रम सञ्चालन गर्ने, सुकुम्बासीलाई आवाशका लागि निःशुल्क जग्गादाताको खोजि गरी जग्गा उपलब्ध गराउने, विपन्न तथा दलित परिवारहरुको फुसको छानो भएको घरहरुलाई टिनको छानाको व्यवस्था गर्ने, विपन्नलाई सम्पन्न बनाउन सहयोग गर्ने तथा टुहुरा बालबालिकालाई पालनपोषण गर्ने व्यत्ति वा संघसंस्थालाई सम्मान गर्ने, हरेक वडामा मेलमिलापकर्ता उत्पादन गर्दै मेलमिलाप केन्द्र सथापना गर्नेसमेत आठराई त्रिवेणी गाउँपालिकाले नीति लिएको छ ।a

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 123

प्रतिक्रिया (०)

सम्बन्धित खबर