Aamsanchar

मनकामना स्मार्ट लघुवित्तद्वारा ३ करोड ८९ लाख रुपैयाँ बराबरकोआईपीओ बिक्री खुला

Author Image
बिहिवार, असार १७, २०७८

काठमाडौं- मनकामना स्मार्ट लघुवित्त वित्तीय संस्था लिमिटेडले आजबाट धितोपत्रको प्रारम्भिक सार्वजनिक निष्कासन बिक्री खुला गरेको छ । कम्पनीले ३ करोड ८९ लाख रुपैयाँ बराबरको ३ लाख ८९ हजार कित्ता सेयर सर्वसाधारण्को लागि बिक्री खुला गरेको हो । प्रतिकित्ता १०० रुपैयाँ मूल्यमा सेयर जारी हुनेछ ।

१२ करोड ११ लाख ५० हजार रुपैयाँ जारी पुँजी रहेको कम्पनीले जारी पुँजीको ३२.११ प्रतिशत साधारण सेयर (आईपीओ) बिक्री सुरु गरेको हो । कम्पनीको आईपीओमा असार १७ देखि २१ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा पर्याप्त आवेदन नपरेमा असार ३१ गतेसम्म आवेदन दिने समय थप हुन सक्नेछ ।

कुल निष्कासन हुने सेयरमध्ये ६ हजार ५८ कित्ता सेयर कर्मचारीहरुका लागि, १९ हजार ४५० कित्ता सेयर सामूहिक लगानी कोषका लागि छुट्ट्याएको छ । बाँकी रहेको ३ लाख ६३ हजार ४९२ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । धितोपत्र निष्कासन तथा बाँडफाँड नियमावलीअनुसार १० कित्ताको दरले बाँडफाँड गर्दा लघुवित्तको आईपीओ ३६ हजार ३४९ जनाले पाउने देखिन्छ ।

इच्छुक लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लघुवित्तले आईपीओ निष्कासनको लागि धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ । आईपीओ निष्कासनका लागि गराएको क्रेडिट रेटिङमा इक्रा नेपालले लघुवित्तलाई ‘इक्रा एनपी इस्यूअर रेटिङ डबल बी माइनस’ प्रदान गरेको छ । यसले लघुवित्त वित्तीय दायित्व पूरा गर्ने सम्बन्धमा मध्यम मात्रामा सुरक्षित रहेको जनाउँछ ।

लघुवित्तको आईपीओमा नेपाल धितोपत्र बोर्डबाट सी–आस्वा सदस्यता प्राप्त बैंक तथा वित्तीय संस्था र मेरोसेयर सफ्टवेयरमार्फत आवेदन दिन सकिनेछ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर