Aamsanchar

रोटरी माई पूर्वमा नयाँ अध्यक्षहरु

Author Image
शुक्रवार, असार १८, २०७८

रोटरी एक व्यक्तिको दर्शनबाट शुरू भयो – पल ह्यारिस शिकागो वकिलले २३ फेब्रोअरी १९०५ मा रोटरी क्लब अफ शिकागोको गठन गरे, त्यसैले विभिन्न पृष्ठभूमि भएका पेशेवरहरूले विचारहरू आदानप्रदान गर्न सक्दछन् र अर्थपूर्ण, आजीवन मित्रता बनाउन सक्दछन् । यो कुरा रोटरीको प्रमुख मान्याता रहेको पाईन्छ ।

रोटरीको हाल सम्म विश्वमा ३५ हजार शाखा क्लव रहेको छ । नेपालमा १ सय ४५ वटा र झापामा ७ वटा क्लवहरु रहेको छ । विश्वव्यापी बनेको रोटरीको संजाल अनुसार नेपालमा सन् १९५९ देखि रोटरी इन्टरनेशनलले शाखा स्थापना गरी सामाजिक क्षेत्रमा महत्वपूर्ण काम गर्दै आएको छ ।

विशुद्ध सामाजिक संस्था रोटरी क्लवको नेपालमा रहेका शाखाहरुको एकै दिन नेतृत्व परिवर्तन भएको छ । यो रोटरीको अनिवार्य नियम हो । हरेक एक बर्ष अर्र्थात अंग्रेजी महिना जुलाई १  मा नेतृत्व परिवर्तन गर्ने परंपरा रहेअनुसार देशभरीका रोटरी शाखाहरुको सन् २०२१/२०२२ का लागि अध्यक्ष सहित पदाधिकारीहरु नवनिर्वाचित भएका छन् ।
झापाका माई पूर्वका रोटरी क्लवहरुको पनि नेतृत्व परिवर्तन भएको छ । क्लवलाई हाक्नको लागि उद्योग, अर्थ, शिक्षा क्षेत्रमा प्रतिष्ठित व्यक्तिहरुले आगामी बर्षकालागि नेतृत्व बहनगर्न तयार बनेका छन् ।

बिर्तामोडमा रहेको पुरानो संस्था रोटरी क्लव अफ बिर्तामोडको अध्यक्षमा उद्योगी नविनकुमार गट्टानी, बिर्तामोडकै रोटरी क्लव अफ बिर्तामोड मिडटाउनको अध्यक्षमा बैंकर्स दिनेश पोखरेल, रोटरी क्लव सुरुंगाको अध्यक्षमा शिक्षासेवी सुशिल श्रेष्ठ, रोटरी क्लव अफ काँकरभिट्टाको अध्यक्षमा रोहितकुमार बुढाथोकी र रोटरी क्लव अफ भद्रपुरको अध्यक्षमा विगत ओझा निर्वाचित बनेका छन् ।

समयको साथ, रोटरीको पहुँच र दृष्टि बिस्तारै मानवीय सेवामा विस्तार हुदै आएको संस्था रोटरीले समुदाय हितका लागि  विश्वभरि चुनौतीहरू सम्बोधन गरेको लामो ईतिहास रहेको छ । विश्वमा पोलियो निर्मुल गर्ने अभियानमा रोटरीलाई प्राप्त सफलता अनुसार हाल विश्वको ३ वटा देश बाहेर सबै देशहरुमा पोलियो नियन्त्रणमा आएको छ । यसको मुख्य जस रोटरीलाई नै जान्छ । पोलियो निवारणमा रोटरीको लगानी र त्याग,  मानव सेवा, सामाजिककार्य रहेकोले पनि लाखौं सामाजिक मन भएका, धनी र बौद्धिक वर्गको सहभागिता रोटरीमा बढदै गएको छ  ।

‘रोटरीका कार्यक्रमहरूले नेताहरूको अर्को पुस्ताको विकास गर्दैछ, विश्वलाई उत्तम स्थानको लागि अनुदान प्रदान गर्दै, र शान्तिलाई प्राथमिकतामा राख्दै अघि बढिरहेको संस्था हो रोटरी ।’ ‘रोटरीले आफ्ना कार्यक्रमहरु क्लव सदस्यहरूका लागि मात्र नभई  समुदायका लागि सदस्यहरुलाई परिचालन गर्न प्रेरित गर्ने काम भईरहेको’ रोटरी क्लव अफ सुरुंगाका पूर्व अध्यक्ष कुमारमणी पोखरेलले बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 257

प्रतिक्रिया (०)

सम्बन्धित खबर