Aamsanchar

नगरसभापतिमा सुवेशको उम्मेद्वारी घोषणा

Author Image
शनिवार, असार १९, २०७८

काँकरभिट्टा- नेपाली काँग्रेसको १४ औँ महाधिवेशनको मिति नजिकिँदै जाँदा उम्मेदवारको चर्चा र घोषणा सुरु भएको छ । झापामा जिल्ला नेतृत्व हुत्तयाउन अहिले एकपछि अर्काे हुदैं धेरै आकाँक्षी सार्वजनिक भइरहदा झापाको सवैभन्दा ठूलो मेचीनगरको नगरसभापतिमा समेत उम्मेद्वारी घोषणा हुन थालेको छ । नगरको नेतृत्वका लागि नगरसभापतिमा नेपाली काँग्रेसका युवा नेता सुवेशकुमार पनेरुले आफ्नो उम्मेद्वारी घोषणा गर्नुभएको छ ।

मेचीनगर–१० का स्थायी वासीन्दा पनेरुले पाटन क्याम्पसमा उप सभापतिको जिम्मेवारी बहन गरिसक्नुभएको छ । २०४८ सालदेखि काँग्रेसको सकृय सदस्य रहनु भएका उहाँ मेचीनगरको २ कार्यकाल क्षेत्रीय सदस्य र वर्तमानमा पार्टीको झापा जिल्ला सदस्यको जिम्मेवारीमा हुनुहुन्छ । उहाँ मेचीनगर– १० का निर्वाचित वडा अध्यक्ष समेत हुनुहुन्छ । ‘म सँग दुरदृष्टि छ, योजना छ, लक्ष्य छ यसकारण यो महाधिवेशनमा मेचीनगर सभापतिमा मेरो उम्मेद्वारी हो ।’

सभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएका पनेरुले भन्नुभयो —‘ मेरो कामको मुल्यांकन गरेर नेपाली काँग्रेसका कार्यकर्ताले मलाई नगरको सभापतिमा पुर्याउने कुरामा म विश्वस्त छु । नगरमा पार्टीलाई बलियो बनाउनको लागि साथै जनताको सेवक भएर काम गर्नको लागि पनि नगर सभापतिमा मेरो उम्मेद्वारी हो ।’

पनेरुले अहिले नगरको १० नम्बर वडामा लोकप्रिय नेताकारुपमा आफूलाई उभ्याउन सक्नुभएको छ । वडाका विभिन्न विकास निर्माणका काम ठिगं उभिने पनेरु स्पष्टवक्ता, निडर र निष्पक्षरुपमा अघि बढ्ने स्वाभावकै कारण उहाँलाई नेपाली काँग्रेसका कार्यकर्ताले मात्र होइन अन्य दलले समेत रुचाउछन् । कोभिड १९ को महामारीका क्रममा आर्थिक अवस्था न्यून भएकाहरुका भान्सामा उहाँ खाद्यन्न लिएर पुग्नुहुन्थयो । आफ्नो वडाभित्र कुनै समस्या भए तत्काल समाधान खोज्न उहाँ लाग्नुहुन्थयो ।

काँग्रेसको महाधिवेशनको तालिका अनुसार वडा अधिवेशन साउन १२ गते, गाउँ नगर अधिवेशन साउन १६ गते, प्रदेश क्षेत्रिय अधिवेशन साउन २० गते, संघीय प्रदेश अधिवेशन साउन २३ गते, जिल्ला अधिवेशन साउन २६ गते, प्रदेश अधिवेशन भदौ १ र २ गते र केन्द्रिय अधिवेशन भदौ १६ देखि १९ सम्म गर्ने निर्णय भएको छ । झापाका १५ वटा पालिकामध्ये जनसंख्या र भौगोलिक दृष्किोणले समेत निक्कै ठूलो मानिएको मेचीनगर नगरपालिका हो । यस्तो नगरको नेतृत्व लिन नेपाली काँग्रेसका अन्य नेता कार्यकर्तासमेत अघि बढ्ने बताइएको छ । यसअघि मेचीनगर सभापतिमा पनेरुसहित नवीन वराल, सुरेन्द्रकुमार बुडाथोकीलगायतको नाम चर्चामा रहेको भएपनि अहिले पनेरुले आफूलाई सभापति पदमा उम्मेद्वारी दिने घोषणा गर्नुभएको हो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 100

प्रतिक्रिया (०)