Aamsanchar

बुट्टाबारी  प्रथम सुपर टि २० क्रिकेट टुनामेन्टमा भेगज एडुकेसन क्रिकेट टिम विजय

Author Image
बिहिवार, वैशाख १३, २०८१

बिर्तामोड । झापाको बिर्तामोड स्थित बुट्टाबारीमा आयोजना भएको प्रथम सुपर टि २० क्रिकेट टुनामेन्टमा भेगज एडुकेसन क्रिकेट टिम विजय भएको छ ।
आज भएको प्रतियोगितामा बिर्तामोड ९ए० लाई हराएर भेगज विजयी भएको हो ।

खेलमा म्यान अफ द सिरिज विवेक खतिवडा, वेस्ट बलर बिनोद लिम्बू, वेस्ट ब्याट्सम्यान विजय घिमिरे बन्न सफल भएको खेल संयोजक विजय राईले जानकारी दिए ।
खेल आयोजना गर्न अनुप श्रेष्ठ, दिपेन राजवंशी, दीपेन्द्र झा, भीष्म दाहाललगायतको सहयोग रहेको आयोजक समिति बुट्टाबारी युथ क्लबले जनाएको छ ।

प्रतियोगिता उद्घाटन सत्रमा बिर्तामोड नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष सूर्यप्रसाद कङ्दङ्वाको प्रमुख आतिथ्य रहेको थियो ।

टुनामेन्टमा बिर्तामोडका १८ वटा टिमले सहभागी जनाएका थिए । 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
3
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 34

प्रतिक्रिया (०)

सम्बन्धित खबर