Aamsanchar

मेलौली नगरले एकल पुरुषलाई प्रतिमहिना दुई हजार रुपैयाँ भत्तामा दिने

Author Image
सोमवार, असार २१, २०७८

बैतडी- मेलौली नगरपालिकाले एकल पुरुषलाई दिँदै आएको भत्तामा ५०० रुपैयाँ बढाएको छ।नगरपालिकाले यसअघि प्रतिमहिना एक हजार ५०० रुपैयाँ दिँदै आएको थियो। अब आगामी आर्थिक वर्षदेखि दुई हजार रुपैयाँ दिने निर्णय भएको उपप्रमुख राधा ओझाले जानकारी दिइन्।

नगरपालिकाले तीन वर्षअघि ५० वर्षदेखि ६० वर्षसम्मका विधुर लाई भत्ता दिँदै आएको छ। शुरुमा मासिक एक हजार भत्ता दिँदै आएकोमा गत वर्ष १ हजार ५०० रुपैयाँ पु¥याइएको थियो। ‘एकल महिला जस्तै एकल पुरुष पनि समस्यामा हुन्छ,’ उपप्रमुख ओझाले भनिन्, ‘त्यसैले विधुरलाई दैनिक जीवनयापनमा सहज होस् भनेर हामीले भत्ता दिन थालेका हौं।’

नगरपालिकामा ८८ जना विधुरले भत्ता लिँदै आएका छन्। उनीहरुलाई आगामी आर्थिक वर्षदेखि बैंकमार्फत भत्ता दिइने उपप्रमुख ओझाले बताइन्। यस्तै, नगरपालिकाले टुहुरा बालबालिकाको भत्ता पनि बढाएको छ। आमा बुवा दुवै गुमाएका बालबालिकाहरुको सहयोगका लागि भन्दै तीन वर्ष यता नगरपालिकाले भत्ता प्रदान गर्दै आएको छ। नगरपालिकामा आमाबुवा दुवै गुमाएका अहिले १९ जना बालबालिकालाई रहेका छन्। उनीहरुको शिक्षादीक्षामा सहज होस भनेर भत्ता दिने कार्य गरिएको नगरप्रमुख कृष्णसिंह नायकले बताउँछन्।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 120

प्रतिक्रिया (०)

सम्बन्धित खबर