Aamsanchar

सामुदायिक बिद्यालयका विद्यार्थीलाई पोशाक कपडा हस्तान्तरण

Author Image
सोमवार, असार २१, २०७८

हल्दिबारी। हल्दिबारी गाउँपालिका वडा नं ४ मा रहेको महिला तथा बालबालिका बिकास समिति ले बालबालिका लाई स्कुल पोसाकको लागि थान कपडा हस्तान्तरण गरेको छ ।

आफ्नो वडा भित्र रहेका दुई वटा सामुदायिक विद्यालयमा २९४ जना विद्यार्थीले लाभ लिने गरि कपडा हस्तान्तरण गरिएको हो।

दिपेन्द्र आधारभुत बिधालय का कक्षा १-५ सम्मका १६४ जना र महेन्द्र मा.बि का कक्षा १-५ सम्मका १३० विद्यार्थीलाइ कपडा प्रदान गरेको वडा नं ४ महिला तथा बालबालिका बिकास समिति संयोजक गीतादेवी भण्डारीले जानकारी दिनु भयो ।

अति बिपन्न परीवारका विद्यार्थीहरु लक्षित गरेर आयोजना गरेको कार्यक्रममा कपडा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र शिक्षक शिक्षिक लाई हस्तान्तरण गरिएको हो । स्थानीय सरकारको पहलकदमी मा बालबालिकाले स्थानीय सरकार को आभास गर्ने पाएको कुरा धेरैले बताएका छन।

सो कपडा हस्तान्तरण कार्यक्रममा वडा नम्बर ४ वडा अध्यक्ष होम चुडाल ,संयोजक गिता भण्डारी , लगायत जनप्रतिनिधिहरु,बिधालय प्रअहरु ,शिक्षक शिक्षिक,पत्रकार लगायतको उपस्थिति रहेको कार्यक्रमको सहजीकरण वडा नम्बर ४ का सचिव जय पोखरेल ले गर्नु भएको थियो।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 155

प्रतिक्रिया (०)

सम्बन्धित खबर