Aamsanchar

हवाई जहाज जसरी उड्ने कारको सफल परीक्षण

Author Image
मङ्गलवार, असार २२, २०७८

विज्ञानको दिन प्रतिदिनको तिब्र विकास संगै मानिसले भौतिक सुविधाको क्षेत्रमा आस्चर्य उपलब्धीहरु हाशिल गरिरहेको परिपेक्षामा स्लोभाकियाको एउटा कम्पनीले प्रोटोटाइप उड्ने कारको सफल परीक्षण उडान सम्पन्न गरेको छ । स्लोभाकियाका दुई शहरबीच गरिएको सो परीक्षणको दौरानमा कार ३५ मिनेट आकाशमा उडेको थियो ।

‘क्लेइन भिजन’ नामक सो कम्पनीले एयर कार प्रोटोटाइप–१ सोमबार निटा र राजधानी ब्राटिस्लाभा शहरबीच उडाएको हो । यसरी दुई शहरबीच सफलतापूर्वक कार उडाइएको पहिलोपटक भएको यस कम्पनीका प्रवक्ताले बताएका छन् ।

कम्पनीका अनुसार उडान परीक्षणमा यो कारको अधिकतम गति १ सय १८ माइल प्रतिघण्टा रहेको र यसले सामान्य कारबाट सोही दूरीबीच लाग्ने समयभन्दा आधा समय मात्र लिएको जनाएको छ ।

क्लेइन भिजनका सह–संस्थापक एन्तोन जाजाकले पत्रकार सम्मेलनमा भनेका छन्– ‘अब एयर कार एउटा परिकल्पना मात्र रहेन । यस परीक्षणले विमान परिकल्पनालाई वास्तविकतामा बदलिदिएको छ । ’

एयर कारमा बीएमडब्ल्यू कारको १ सय ६० हर्स पावरको इन्जिन प्रयोग गरिएको छ । बटन थिचिएको तीन मिनेटभित्र यो पुनः एयरबाट स्पोर्टस कारमा परिणत हुने गर्दछ ।

कम्पनीले अब एयर कार प्रोटोटाइप–२ मा काम भइरहेको र ३ सय हर्स पावरको इन्जिन प्रयोग हुने उक्त कारको अधिकतम गति १ सय ८६ माइल प्रतिघन्टा हुने जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 249

प्रतिक्रिया (०)

सम्बन्धित खबर