Aamsanchar

बिर्तामोड ९ का विपन्न दलितहरुलाई बंगुर पाठा वितरण

Author Image
मङ्गलवार, असार २२, २०७८

बिर्तामोड । बिर्तामोड नगरपालिका वडा नम्बर ९ का विपन्न दलितहरुलाई बंगुरका पाठा वितरण गरीएको छ ।

सोमबार दलित जागरण अभियान केन्द्र विर्तामोडले आयोजना गरेको एक कार्यक्रमका विच नगरप्रमुख धुर्वकुमार शिवाकोटी र वडाध्यक्ष पवित्रा पाठकले उनीहरुलाई वंगुरका पाठा वितरण गरेका थिए ।

विर्तामोड नगरपालिका वडा नम्बर ९ को २ लाख ५० हजार आर्थिक सहयोगमा बंगुर पालन कार्यक्रम अन्तर्गत ४० जना विपन्न दलित परिवारलाई पाठा वितरण गरीएको वडाध्यक्ष पवित्रा पाठकले बताएकी छन् ।

नगरप्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि धुर्वकुमार शिवाकोटीले वंगुर पालनबाट राम्रो लाभ लिन सकिने भन्दै पालन पोषणमा ध्यान दिन आग्रह गर्नु गरेका छन् । उनले वंगुर पालन कार्यक्रमलाई थप प्रभावकारी बनाउन वितरण गरीएका वंगुरहरुको इन्स्युरेन्स र बिउको लागि भाले बंगुर खरिद गरिदिने पनि बताए ।

कृषिमा आत्मनिर्भर बनाउँदै विपन्न दलित समुदायको आर्थिक स्तर वृद्वि गर्ने नगरपालिकाको उदेश्य रहेको उनिहरुको भनाई थियो ।

दलित जागरण अभियान केन्द्रका अध्यक्ष छविलाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नगरप्रमुख धुर्वकुमार शिवाकोटी, बिर्तामोड ९ की वडाध्यक्ष पवित्रा पाठक,नेकपा माओवादी केन्द्र बिर्तामोडका अध्यक्ष मोहन सुव्वा, दलित जागरण अभियान केन्द्रका उपाध्यक्ष लक्ष्मी मोते,सचिव गोपाल लकान्द्री,सहसचिव सुमन त्रिखत्री,कार्यपालिका सदस्य संगीता शिवा,वडा नम्बर ९ का वडासदस्य बालकृष्ण कार्की लगायतको उपस्थिति रहेको थियो ।

दलित जागरण अभियान केन्द्रले बंगुर पालनको अनुगमनको लागि खेम नेपालीको संयोजकत्वमा समिति समेत गठन गरेको छ । बिर्तामोड नगरपालिकाले विपन्न दलित परिवारलाई वार्षिक २२० वटा भन्दा बढी बंगुरका पाठा वितरण गर्दै आएको जनाइएको छ ।

 

 

 

 

 

 

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 247

प्रतिक्रिया (०)

सम्बन्धित खबर