Aamsanchar

बिर्तामोडका बिनोद बस्नेत नेउबामको द्विराष्ट्रिय एवं गैर आवसीय नेपाली समन्वय फोरमको आमन्त्रित सदस्यमा मनोनित

Author Image
मङ्गलवार, असार २२, २०७८

बिर्तामोड । झापाको विर्तामोडमा रहेको सयपत्री ट्रेडलिंकका संचालक बिनोद बस्नेतलाई नेपाल उद्योग बाणिज्य महासंघले द्विराष्ट्रिय एवं गैर आवसीय नेपाली समन्वय फोरमको आमन्त्रित सदस्यमा मनोनयन गरेको छ ।

महासंघका कार्यकारिणी समिति सदस्य देशबन्धु बस्नेत (अजित)को सभापतित्वमा गठित द्विराष्ट्रिय एवं गैर आवसीय नेपाली समन्वय फोरमको आमन्त्रित सदस्यमा मनोनय गरिएकोे महासंघका अध्यक्ष शेखर गोल्छाले जानकारी दिएका छन् ।

लामो समयदेखि बिर्तामोडलाई कार्यक्षेत्र बनाएर व्यवसायमा सक्रिय बन्र्दै आएका बस्नेत सामाजिक क्षेत्रमा पनि आफ्नो परिचयलाई स्थापित गर्न सफल व्यक्तिमा पर्छन् ।

बस्नेत झापा गोल्डकपको अध्यक्ष, एकका लागि एक अभियानको सह–संयोजक, मेची पेट्रोलियम व्यवसायी संघका महासचिव लगायत दर्जनौ संघसंस्थामा आवद्ध रहदै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 39

प्रतिक्रिया (०)

सम्बन्धित खबर