Aamsanchar

विश्व बैंकले नेपाललाई १० करोड डलर सहयोग गर्ने

Author Image
शुक्रवार, असार २५, २०७८

काठमाडौं – नेपालको शिक्षा एवं स्वास्थ्य क्षेत्र सुधारका लागि विश्व बैंकले १० करोड डलर सहयोग गर्ने भएको छ । बैंकले शिक्षा र स्वास्थ्य क्षेत्रको सुधारका लागि ५/५ करोड डलर सहयोग गर्ने जनाएको छ । बैंकले सरकारी विद्यालय विकास कार्यक्रम तथा स्वास्थ्य क्षेत्रमा सार्वजनिक स्रोत व्यवस्थापन प्रणाली सुधारका लागि सहयोग गर्दै आएको छ ।

नेपाल, मालदिभ्स र श्रीलंकाका लागि कन्ट्री डाइरेक्टर फारिस हदाद जारभोसले भने, “नेपालमा गरिब तथा विपन्न समुदायका लागि शिक्षा र स्वास्थ्यसम्मको पहुँच जटिल छ । यो सहायताबाट नेपालको शिक्षा क्षेत्रलाई बलियो बनाउन तथा स्वास्थ्य प्रणालीलाई चुस्त बनाउन नेपाल सरकारलाई सहयोग पुग्नेछ ।”

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 135

प्रतिक्रिया (०)

सम्बन्धित खबर