Aamsanchar

सुनको मूल्य स्थिर चाँदीको बढ्यो

Author Image
आइतवार, असार २७, २०७८

आइतबार नेपाली बजारमा चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढ्दा सुनको मूल्य भने स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदी प्रतितोला १० रुपैयाँले वृद्धि भएर एक हजार ३१५ रुपैयाँ कायम भएको छ भने, सुन गत शुक्रबारकै मूल्य ९२ हजार ४०० रुपैयाँ कायम भएको हो ।

महासंघका अनुसार आज तेजाबी सुनको मूल्य समेत गत शुक्रबारकै कायम हुँदै ९१ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ । चाँदी गत शुक्रबार प्रतितोला अधिकतम एक हजार ३०५ रुपैयाँमा कारोबार भएको थियो ।

Views: 195

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको भाउ
शुक्रवार, वैशाख ११, २०८३
आज सुनको मूल्य
बिहिवार, वैशाख १०, २०८३
सुनचाँदीको मूल्य
बुधवार, वैशाख ९, २०८३